14 May 2025
KALIKATIMES.COM

प्रधानमन्त्री देउवाले गरे जसपाका ४ मन्त्रीलाई पदमुक्त

वीरगंज । सत्ता गठबन्धन तोडेर नेकपा एमालेको गठबन्धनमा गएपछि सरकारमा सहभागी रहेका जसपाका मन्त्रीहरू पदमुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार उनीहरूलाई पदमुक्त गरेका हुन् । 

सामान्य प्र्रशासन तथा सङ्घीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ, कृषिमन्त्री तथा पशु पंक्षी मन्त्रि मृर्गेन्द्र सिंह यादव, वन तथा वातावरणमन्त्री प्रदीप यादव र भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद ईस्तिायक राइलाई प्रधानमन्त्री देउवाले पदमुक्त गरेका हुन् । 

मन्त्रीहरू पदमुक्त भएको र ती मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले आफैँसँग राखेको कार्यविभाजन राष्ट्रपति विद्यादेवी भण्डारी गरेकी छन् । 

यस्तै ६ महिनामा सांसद हुन नसकेपछि गैर सांसद् मन्त्री भएका कानुनमन्त्री गोविन्द बन्दीको पनि मन्त्री पद गएको छ । उक्त मन्त्रालयको जिम्मेवारी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिइएको छ । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

दाइजोको डरले बालकैमा बिहे, दाइजोविरुद्धका अभियानले नछोएको समाज

न्युज डेस्क

लिटिल बड्डी प्रीस्कूलद्वारा नारायणी अस्पतालका दुई नर्स सम्मानित

न्युज डेस्क

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क
SQL requests:215. Generation time:5.098 sec. Memory consumption:82.47 mb