33.7 C
Birgunj
17 May 2025
KALIKATIMES.COM

गौतम स्कुलले आफ्नाे रवैया नसच्याए विद्यार्थी संगठनहरुले आन्दाेलन गर्ने

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १३ मा रहेको गौतम स्कुलले आफ्नाे रवैया नसच्याए आन्दाेलन गर्ने बाध्य हुने विद्यार्थी संगठनहरुले चेतावनी दिएका छन् । अनेरास्ववियु, नेवि संघ र अखिल क्रान्तिकारीले संयुक्त रुपमा आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै यस्ताे चेतावनी दिएका हुन् ।

अनेरास्ववियु पर्साका अध्यक्ष रेयाज अन्सारी, नेवि संघ पर्साका सभापति विकास तिवारी र अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य मिराेज हवारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा गौतम स्कुलले विगत केही समयदेखि विभिन्न शिर्षकमा विद्यार्थीहरुबाट अनावश्यक रकम असुल्दै आएको सर्वविदितै छ । विद्यार्थीहरुसंग रकम असुलेको गुनासो आएपछि अभिभावकहरुले यसबारे विद्यार्थी संगठनलाई जानकारी गराएका थिए ।

सोही बिषयमा जानकारी लिन असोज ८ गते शनिबार गौतम माविमा बिद्यार्थी संगठन पुगेपछी बिधालयले छलफल गर्ने क्रममा बाउन्सर लगाएर गुन्दागर्दी शैलीमा धाकधम्की दिएको र प्रशासनको प्रयोग गरेर मुद्दा दबाउने खोजेको हाम्रो ठहर रहेकाे उल्लेख गरिएकाे छ ।

यहीँ बिषयमा अधिकारीक जानकारी गराउनको साट्टा बिद्यालयले गलत सूचना निर्वाह गरि अनिश्चितकालको लागि बिद्यालय बन्द गरेर पन्छिने काम गरेको छ । बिद्यालयले समस्याको अधिकारी जानकारी दिनुको साट्टा बिद्यालय बन्द गरेर विद्यार्थीको भविष्य संग खेलवाड गरेको प्रति हाम्रो ध्यानाकर्षण भएकाे ३ विद्यार्थी संगठनहरुले जनाएका छन् ।

विद्यालयले यी सबै समस्याको बारेमा उचित जानकारी नगराए र गम्भीर रूपमा नलिए हामी विद्यालयकाे विरुद्धमा संघर्ष कार्यक्रम गर्न बाध्य हुने ३ विद्यार्थी संगठनद्वारा जारी विज्ञप्ती मार्फत चेतावनी दिएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सागढीकाे प्रप्र अधिकृतमा साह र बहुदरमाईमा श्रीवास्तव

कालिका टाईम्स

वीरगंजमा ‘देवी’ वृत्तचित्रको विशेष प्रदर्शनी सम्पन्न

न्युज डेस्क

नेशनल मेडिकल कलेजद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, २०८ जनाले गराए स्वास्थ्य परीक्षण

न्युज डेस्क
SQL requests:216. Generation time:3.191 sec. Memory consumption:82.44 mb