33.7 C
Birgunj
17 May 2025
KALIKATIMES.COM

ठाेरीमा एकै दिन एक दर्जन याेजनाकाे सहरी बिकास मन्त्री चाैधरीद्वारा शिलान्यास

वीरगंज । पर्साकाे ठाेरी गाउँपालिकामा एकै दिन एक दर्जन याेजनाकाे शिलान्यास भएकाे छ । ठाेरीमा निर्माण हुले ठाेरी माधाे ताल, विजयबस्ती सभाहल, पंचेश्वरी धाम, ठाेरी भन्सार बजार पूर्वाधार निर्माण लगायतकाे याेजनाकाे नेपाल सरकारका सहरी बिकास मन्त्री मेटमणि चाैधरीले आइतबार शिलान्यास गरेका हुन् ।  

यी सबै याेजनाहरु सहरी बिकास मन्त्रालयकाे सहयाेगमा ठाेरी गाउँपालिकाकाे विभिन्न ठाउँमा निर्माण हुने वताइएकाे छ ।

ठाेरी गाउँपालिकाकाे वडा नं. २ मा निर्माण हुने ठाेरी माधव तालकाे शिलान्यास गर्दै मन्त्री चाैधरीले ठाेरीकाे विकासकाे लागि तालले भुमिका खेल्ने वताए । ठाेरीकाे छुट्टै इतिहास र महत्व रहेकाे वताउँदै उनले माधव तालसहित दर्जनाै याेजनाहरुकाे शिलान्यासले ठाेरी बिकासकाे मुल फुटेकाे वताए ।

नेकपा (एकीकृत समाजवादी) का नेता समेत रहेका मन्त्री चाैधरीले विकासकाे सवालमा जुन सुकै पार्टीकाे भएपनि सबैले सहयाेग गर्नु धारणा राखे । उनले ठाेरीकाे विकासमा हाम्राे पनि याेगदान रहाेस भन्ने उद्देश्यले आफु ठाेरी पुगेकाे वताए । 

ठाेरी गाउँपालिकाका अध्यक्ष लालबाबु श्रैष्ठले एक अर्बकाे लागानीमा ठाेरी माधव तालकाे निर्माण सम्पन्न हुने भएपनि सुरुमा ५० कराेड सम्मकाे लगानीमा बाेट चलाउन सकिने वताए ।

यसैगरी सहरी विकास मन्त्रालय कै याेजना अन्तर्गत नै ठाेरी गाउँपालिकाकाे वडा नं. ४ विजयवस्ती आधुनिक किसिमकाे सभाहल निर्माण सभाहल निर्माण हुने गाउँपालिका अध्यक्ष श्रेष्ठले वताए । सभाहल निर्माण गर्न ५ कराेड लगानी लाग्ने वताउँदै श्रेष्ठ तुरुन्त नै काम पनि सुरु हुने वताए ।

गाउँपालिका अध्यक्ष श्रेष्ठकाे अध्यक्षतामा भएकाे शिलान्यास कार्यक्रममा सहरी बिकास मन्त्रालयका सचिव रमेश प्रसाद सिंह, सह सचिव पदम कुमार मैनाली, नेकपा एकीकृत समाजवादी पर्साका कार्यवाहक अध्यक्ष गंगा बहादुर खड्का, वीरगंज महानगर अध्यक्ष मनाेज चाैधरी, ठाेरी गाउँपालिकाकी उपाध्यक्ष गुकुली कुमारी रेग्मी, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य बृजलाल पासवान, पर्सा जिल्ला अध्यक्ष मनाेज पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सागढीकाे प्रप्र अधिकृतमा साह र बहुदरमाईमा श्रीवास्तव

कालिका टाईम्स

वीरगंजमा ‘देवी’ वृत्तचित्रको विशेष प्रदर्शनी सम्पन्न

न्युज डेस्क

नेशनल मेडिकल कलेजद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, २०८ जनाले गराए स्वास्थ्य परीक्षण

न्युज डेस्क
SQL requests:217. Generation time:5.683 sec. Memory consumption:82.46 mb