12 May 2025
KALIKATIMES.COM

पालिकाकाे तथ्यांक व्यवस्थित गर्न डाटा म्यानेजमेन्ट तालिम

वीरगंज । किशाेरी सशक्तिकरणका शिक्षा कार्यक्रम अन्तर्गत ३ दिने डाटा म्यानेजमेन्ट तालिम शुक्रबारदेखि वीरगंजमा सुरु भएकाे छ । दिब्य युवा क्लब पर्सा, भिएसाे नेपाल र हेन्डिकैप इन्टरनेशनलकाे संयुक्त आयाेजनामा संचालित कार्यक्रम अन्तर्गत तालिम आयाेजना गरिएकाे परियाेजना संयाेजक गणेश ठकुरीले जानकारी दिए । 

गाउँपालिकामा भएको तथ्यांकलाई ब्यवस्तित गर्न तालिम आयोजना गरिएको उनले वताए । कार्यक्रम संचालन रहेकाे धाेबिनी गाउँपालिका र जगरनाथपुर गाउँपालिकाका शिक्षा शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, तथ्यांक अधिकृत लगायतकाे लागि तालिम आयाेजना गरिएकाे परियाेजना संयाेजक ठकुरीले वताए ।

तालिमकाे उद्घाटन सत्रलाई सम्बाेधन गर्दै शिक्षा बिकास एकाई पर्साका प्रमुख फत्त बहादुर श्रेष्ठले कुनै पनि कार्यक्रम सफल नहुनुको कारण तथ्यांक नहुनु भएकाे वताए । उनले सबै कार्यक्रमको सफलताको प्रतीक भनेको तथ्यांक नै भएको वताउँदै तथ्याङ ब्यवस्थित गर्न धेरै जरुरी रहेकाे वताए ।

एकाई प्रखुख श्रेष्ठले तालिमले गाउँपालिकाहरुमा अव्यवस्थित रहेकाे तथ्यांक एकीकृत र व्यस्थित गर्न सहयाेग पुग्ने बिश्वास समेत व्यक्त गरे ।

दिब्य युवा क्लबका अध्यक्ष उमेश चौहानले ग्रामीण क्षेत्रमा रहेका विद्यालयहरुकाे गुणस्तर राम्रो नभएको वताए । उनले ती विद्यालयमा भएका समस्याको तथ्यांक नभईदिएका कारण काम गर्न ग्राहो भएको वताए । तथ्यांक नभए खण्डमा याेजना बनाउन र काम गर्न ग्राहाे हुने भएकाेले डाटा म्यानेजमेन्ट तालिमकाे आयाेजना गरिएकाे अध्यक्ष चाैहानले वताए ।

३ दिन सम्म चल्ने तालिममा डाटा एनलिष्ट सनिश गाेपाली र बासुदेव कर्णले प्रशिक्षण दिइरहेका छन् । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:5.072 sec. Memory consumption:82.46 mb