28 C
Birgunj
17 May 2025
KALIKATIMES.COM

गुणस्तरहिन घ्यू उत्पादन गर्ने बाराकाे दुई उद्याेगमा सिलबन्दी

वीरगंज । गुणस्तरहिन ध्यु उत्पादन गर्ने बाराकाे दुई उद्याेगमा सिलबन्दी गरिएकाे छ ।  बाराकाे फेटा गाउँपालिका वडा नं.२ जगतपुर टोलमा संचालित गहवामाई वेकरी सटिङ्ग रिपिरिङ्ग उद्योग र जय माँ लक्ष्मी डेरी उद्योगमा शिलबन्दी गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

सिलबन्दी गरिएकाे उद्याेगहरुबाट तयारी ध्यु ११६१ लिटर, बेकरी १६०० लिटर र कच्चा पदार्थ १५० लिटर बरामद समेत गरिएकाे प्रहरीले जनाएकाे छ ।

बुधबार दिउँसो गुणस्तरहिन घ्यू उत्पादन भईरहेको भन्ने प्राप्त सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय, बारा, खाध प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्सा, उपभोक्ता संरक्षण मञ्च नेपालका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालय बाराका सिनियर प्रहरी अधिकृत समेतकाे सहभागितामा खटिएको संयुक्त अगुमन टोलीले दुबै उद्योगमा शिलबन्दी गरेकाे हाे ।

उद्याेगमा अनुगमन गर्दा उक्त उद्योगमा रहेको उत्पादित विभिन्न ब्राण्डका तयारी घ्यू तथा कच्चा पदार्थ पाइएको हुँदा स्थानिय प्रतिनिधि समेतको रोहबरमा निम्न उल्लेखित परिमाणमा उत्पादित तयारी तथा कच्चा पदार्थ सहित उद्योगमा सिलबन्दी गरी थप अनुसन्धान कार्य अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका अपराध अनुसन्धान शाखाले जनाएकाे छ ।

सिलबन्दी गरिएकाे उद्याेगबाट गोकुल लेखिएको ५०० ग्रामको १२७७ बट्टा (६३८.५ लिटर), सोल्टी लेखिएको ५०० ग्रामको ४५९ बट्टा (२२९.५ लिटर), रोयल लेखिएको ५०० ग्रामको ५५० बट्टा (२७५ लिटर), माँ लक्ष्मी लेखिएको १ लि.को १८ बट्टा (१८ लिटर) र साेर्टेनी लेखिएको ८० कार्टुन बेकरी ( १६०० लिटर) तयारी तथा कच्चा पदार्थ बरामद भएकाे छ ।

यसैगरी घ्यू तयारको लागि राखिएको प्रति ५० लिटर भएको ३ ड्रम कच्चा पदार्थ १५० लिटर समेत बरामद भएकाे प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सागढीकाे प्रप्र अधिकृतमा साह र बहुदरमाईमा श्रीवास्तव

कालिका टाईम्स

वीरगंजमा ‘देवी’ वृत्तचित्रको विशेष प्रदर्शनी सम्पन्न

न्युज डेस्क

नेशनल मेडिकल कलेजद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, २०८ जनाले गराए स्वास्थ्य परीक्षण

न्युज डेस्क
SQL requests:216. Generation time:8.080 sec. Memory consumption:82.45 mb