36.1 C
Birgunj
10 May 2025
KALIKATIMES.COM

बालदिवसको अवसरमा वक्तृत्वकाला प्रतियोगिता सम्पन्न

वीरगंज । श्री कालिका एकाडेमी बाेर्डिङ्ग स्कुल भेडिहारीमा बुधबार दाइजाेप्रथा विषयक वक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएकाे छ । बालदिवसकाे अवसरमा भएकाे प्रतियाेगितामा भेडिहारीका दिपराज चाैरसिया प्रथम, सबैठवाका अमित यादव द्वितिय र बलुवाका राजाबाबु कलवार तृतिय भएका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै कालिका टाईम्सका प्रबन्ध निर्देशक छठु साहले विद्यार्थीहरुलाई पढाईकाे साथ साथै अतिरिक्त क्रियाकलाप पनि जरुरी रहेकाे वताए । उनले कालिका एकाडेमीले विभिन्न समयमा विभिन्न किसिमकाे अतिरिक्त क्रियाकलाप संचालन गर्दै आएकाे कार्य सराहनिय भएकाे वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका निर्देशक साहले आफु सक्षम भएपछि विवाह गरे दाइजाेप्रथामा अन्त्य हुने वताए ।

स्कुलका निर्देशक जयप्रकाश चाैरसियाकाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वडा सदस्य विजय सहनी, संजय ठाकुर लाेहार, विद्यालयका प्रिन्सपल लक्षमण ठाकुर लगायतकाले मन्तव्य राखेका थिए ।  

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:3.822 sec. Memory consumption:82.48 mb