9 May 2025
KALIKATIMES.COM

अनेरास्ववियु पर्साको अध्यक्षमा रेयाज अन्सारी

वीरगंज । नेकपा एमाले निकट जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पर्साको १६ औं जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । वीरगंजकाे होटेल सिटि प्यालेसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) पर्साको १६ औं जिल्ला अधिवेशन सम्पन्न भएको हो ।

अधिबेशनले रेयाज अन्सारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा अजित साह, सचिवमा पवन यादव, सहसचिवमा सोनी सरार्फ, पुकार सुवेदी, रामकुमार पटेल र कोषाध्यक्षमा जयन्ती चौधरी चयन भएका छन ।

रेयाज अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष उमेश आचार्य, स्थायी कमिटी सदस्य त्रिलोक सिंह ठकुरी, मधेस प्रदेश संयोजक अन्जना सिवाकोटी, केन्द्रिय सदस्य मेराजुल हवारी, नेकपा एमाले पर्साका इन्चार्ज प्रभु हाजरा, एमाले नेता एवं वीरगंज महानगरपालिकाका पुर्व मेयर वीजय सरावगी, मधेस प्रदेश सदस्य शम्भु गुप्ता, वीरगंज महानगरपालिकाका सचीव सुन्दर कुर्मी, एमालेका युवा नेता रामकिशोर सिंह (पराग), जिल्ला सदस्यहरु शिवजी गुप्ता, ओमप्रकाश गुप्ता, अकलेश साह, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, नेकपा खेलकुद महासंघक सचिव सन्दीप बस्नेत, विद्यार्थी नेता आसिफ अहमद, जेयाद अन्सारी, सुजित मण्डल, भक्ती अग्रवाल लगायतका नेताहरु सहभागी थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:21.390 sec. Memory consumption:82.48 mb