36.1 C
Birgunj
10 May 2025
KALIKATIMES.COM

विद्यालयकाे समस्या समाधान गर्न गापा अध्यक्ष मेहताकाे निर्देशन

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका वडा नम्बर ३ पकहामा रहेको श्री रामचरित्र माध्यमिक बिद्यालयकाे शैक्षिक अवस्थामा सुधार गर्न गाउँपालिका अध्यक्ष सुरेश प्रसादले आइतबार बिद्यालय मै पुगी प्रधनाध्यापकसहित शिक्षकहरुलाई निर्देशन दिएका छन् ।

गाउँपालिका अध्यक्ष सुरेश मेहताकाे नेतृत्वको टोलीले बिधालयको अनुगमन गरी बिभिन्न किसिम्मका निर्देशन दिइएपछि आजैदेखी शैक्षिक वातावरणमा सुधार आएको शिक्षा शाखाका दामोदर दुबेले बताए ।

अध्यक्ष मेहताले कक्षा १ देखी ५ सम्मका लागी एक जना शिक्षकले संयोजक रुपमा जिम्मेवारी निर्वाह गर्ने, कक्षा ६ देखी १० कक्षा सम्म एक जनाले संयोजनको जिम्माले लिने र प्लस २ को एक जना संयोजक तोक्ने गरी निर्देशन दिएका थिए । साे निर्देशन आइतबारदेखि नै लागु भएको दामोदर दुबेले बताए ।

यसैगरी विद्यालयमा छात्र/छात्राहरुको संख्या धेरै रहेकोले बिभिन्न सेक्सनमा बाडफाड गरी कक्षा नियमित र ब्यवस्थित गरिएको छ ।

कक्षाकोठा हुँदाहुँदै अब्यवस्थित रहेकोले आइतबारदेखी नै बेन्च, डेक्स ब्यवस्थित गरी कक्षाकोठा सरसफाई गराई अध्ययन अध्यापन सुचारु गरिएको थियो । गाउँपालिका अध्यक्ष मेहतासहित प्रमुख प्रशासकिय अधिकृत रमेश सुबेदी, वडाध्यक्ष संजय चौहान, पालिका अध्यक्षका स्वकिय सचिव बिनोद मेहता, पालिकाका शिक्षा हेर्ने जिम्मेवार ब्यक्ति दामोदर दुबे लगायतकाे सहभागिता सहभागीता रहेको रहेकाे टाेली विद्यालयमा पुगेकाे थियाे ।

विद्यालयमा बिहानै पुगेका टोलीले बिधालयको हरेक कक्षाकोठाको अवलोकन, बेन्चडेक्स, भौतिक संरचना, शैक्षिक सामग्री, शिक्षकको पदपुर्ती, अभाव, बिधार्थी संख्याको अनुगमन गरी प्रध्यानाध्यापक छोटेलाल प्रसाद सहित शिक्षकहरु संग बिद्यालय कै कार्यालयमा बैठक बसी समस्याको सामाधान गरिएकाे गाउँपालिका अध्यक्षका स्वकिय सचिव बिनोद मेहताले बताए ।

बैठक पश्चात शिक्षाको सुधारका लागी जुनसुकै मुल्य चुकाउन आफुसहित आफ्नाे टिम पछाडी नहटने गाउँपालिका अध्यक्ष मेहताले वताए । उनले बिद्यालयमा समस्या आए पहिला शिक्षक, त्यस पछि प्रधानाध्यपक, त्यस पछि पालिकाका शिक्षा हेर्ने ब्यक्ति हुँदै म कहाँ पुग्नु पर्ने सबैलाई निर्देशन समेत दिए ।

वास्तविक समस्या जुनवेला पनि सामाधान हुने तर कृत्रिम समस्या सामाधान नहुने उनकाे भनाई छ । शिक्षामा राजनिती नगर्न आग्रह उनले सबैसंग गरे । गाउँपालिका अध्यक्षकाे एक्सनपछि सो बिद्यालयका बिधार्थी तथा शिक्षकहरुको हौसला बढेको एक शिक्षकले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:3.996 sec. Memory consumption:82.5 mb