12 May 2025
KALIKATIMES.COM

वीरगंजमा करेन्ट लागेर एक युवककाे मृत्यु

सांकेतिक तस्बिर

वीरगंज ।  पर्सामा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ । वीरगंज महानगरपालिका वडा नं. २२ जगरनाथपुरस्थित रहेको सर्वोत्तम स्टील उधोगको थप भवन बनाउने क्रममा बुधबार बिहान १०:३० बजे करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे र एक जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार जिल्ला बर्दिया बारबर्दिया नगरपालिका वडा नं.१ बस्ने वर्ष १७ को रबिन थारुकाे मृत्यु भएकाे छ भने बर्दिया कै राजापुर नगरपालिका वडा नं.६ बस्ने वर्ष ३० को सिताराम थारु घाईते भएका छन् ।

सर्वोत्तम स्टील उधोगको थप भवन बनाउने क्रममा तल्लो तल्लाको जग ढलानको लागि सिमेन्ट र गिट्टी वालुवाको मिश्रण भाईब्रेसन मेसिनले सम्याउने क्रममा एक्कासी मेसिनको तार सर्ट भई दुबै जनालाई करेन्ट लागेकाे थियाे ।

कामदारलाई करेन्ट लागि गम्भिर घाईते भएको जानकारी प्राप्त हुनसाथ तत्कालै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरिक्षक दिपक गिरी र वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरिक्षक डिल्लीराज सापकोटाको कमाण्डमा खटिएको टोलीले घाइतेहरूलाई तत्कालै उपचारको लागि बयोधा हस्पिटल वीरगंज पठाएकाे थियाे ।

घाईते मध्येका रबिनकाे मृत्यु भएको चिकित्सकले घोषण गरे पश्चात मृतक रबिनकाे घटनास्थल तथा लास जाँच प्रकृती मुचुल्का लगायतको अनुसन्धान कार्य सम्पन्न गरी थप अनुसन्धान कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:4.620 sec. Memory consumption:82.46 mb