12 May 2025
KALIKATIMES.COM

पर्सागढी ५ मा पनि कांग्रेसकाे भेला, राजेशवर साहलाई नै उम्मेदवार बनाउन माग गर्ने निर्णय

वीरगंज । पर्साकाे निर्वाचन क्षेत्र नं. २ काे (क) अन्तर्गत गर्ने पर्सागढी नगरपालिकाकाे वडा नं. ५ पचरुखीमा बिहिबार नेपाली कांग्रेसकाे वडा भेला सम्पन्न भएकाे छ । 

वडा समितिका सभापति अनवर आलमकाे सभापतित्वमा भएकाे भेलामा सहभागिहरुले प्रदेश सभा सदस्य (विधायक) राजेश्वर साहकाे कार्यकालमा भएकाे कामकाे प्रशंसा गर्दै पुन: उनलाई नै पार्टीले टिकट दिनु पर्ने माग गरेका छन् । वडा भेलाले सर्वसहमती माइनट नै गर्दै सांसद साहले आफ्नाे कार्यकालमा राम्राे काम गरेका कारण पुन: मंसिर ४ गते हुने निर्वाचनमा उनलाई नै पार्टीले टिकट दिनु पर्ने निर्णय गरेका हुन् ।

यस अघि वीरगंज महानगरपालिकाकाे वडा नं. २७ र २८ मा पनि भएकाे कांग्रेसकाे वडा भेलाले सांसद साहलाई नै पुन: पार्टीले उम्मेदवार बनाउनु पर्ने माग गर्ने निर्णय गरिसकेका छन् । पार्टीले गठबन्धनकाे नाम जितेकाे प्रदेश सभा क्षेत्र अन्य दललाई दिए पार्टीले ठूलाे क्षति भाेग्नु पर्ने उनीहरुले चेतावनी समेत छ ।

पंचरुखिमा भएकाे भेलामा बाेल्ने स्थानिय नेता तथा कार्यकर्ताहरुले पनि गठबन्धनकाे नाममा जितेकाे क्षेत्र अरु दललाई दिए पार्टी ठूलाे क्षति हुने वताए । उनीहरुले क्षेत्र नं. २ काे (क) मा राजेश्वर साहकाे विकल्प नरहेकाे वताउँदै उनलाई पुन: उम्मेदवार बनाउन जाेडदार रुपमा माग समेत गरे । राजेश्वर साहलाई उम्मेदवार नबनाएकाे खण्डमा अरु दलका उम्मेदवारलाई आफूहरुले मतदान नगर्ने उनीहरुले चेतावनी समेत दिए । 

भेलाकाे प्रमुख अतिथी समेत रहेका प्रदेश सभा सदस्य राजेश साहले आफुलाई जनताले प्रदेश सभा सदस्यमा विजयी गराएर सांसद बनाएका कारण पुन: आफु जनता माझ आएकाे वताए । उनले बाहिर जस्ताे सुकै हला चले पनि आफूलाई तपाईहरुले दिएकाे सल्लाह सुझाव अनुसार अगाडी बढने वताए ।

भेलामा वीरगंज महानगरपालिकाका वडा नं. २७ का वडाध्यक्ष हृदयनारायण कुर्मी, कांग्रेसका प्रदेश प्रतिनिधि महिन्द्र महताे, क्षेत्रिय प्रतिनिधि मुन्ना तिवारी, वीरगंज २८ का उपसभापति छठु पटेल, पर्सागढी ७ का सभापति शम्भु पटेल, पर्सागढी ५ का उप सभापति देवकी साह लगायत वडा अन्तर्गतका क्षेत्रिय प्रतिनिधि, वडा समितिका पदाधिकारी, सदस्यहरु, क्रियाशिल सदस्यहरु र स्थानिय नेता तथा  कार्यकर्ताहरुकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:215. Generation time:7.042 sec. Memory consumption:82.46 mb