12 May 2025
KALIKATIMES.COM

बगहीमा छात्रवृत्ति वितरण तथा सम्मान कार्यक्रम सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २८ टोल बगहीमा मंगलबार छात्रवृत्ति वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । श्री महानन्द प्रसाद उपाध्याय माध्यमिक विधालयमा भएकाे कार्यक्रममा एसईईमा उत्कृष्ट अंक ल्याएकाे ३ जनालाई सम्मान गरिएकाे हाे ।

एसईईमा सबै भन्दा बढी जिपिए ल्याएर प्रथम भएकालाई ८ हजार, द्वितिय भएकालाई ७ हजार तृतिय भएकालाई ६ हजार नगदसहित कार्यक्रमका  प्रमुख अतिथी प्रदेश सभा सदस्य राजेश्वर प्रसाद साहले सम्मान गरेका थिए ।

यसै गरी साेही कार्यक्रममा विद्यालयमा अध्ययनरत अन्य छात्र/छात्राहरुलाई समेत छात्रवृति वितरण गरिएकाे थियाे ।

कार्यक्रममा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ (क) का प्रदेश सभाका पूर्व क्षेत्रीय सभापति उमेश कुमार साह, विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेश साह, सदस्य मनिभुषन तिवारी, शिक्षक, बिधार्थीहरुको उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:4.230 sec. Memory consumption:82.44 mb