30 C
Birgunj
20 May 2025
KALIKATIMES.COM

युवा नेता साहद्वारा प्लस २ संचालन गर्न विद्यालयलाई सहयाेग

वीरगंज । जनता समाजवदी पार्टी (जसपा) नेपालका युवा नेता शिव कुमार साहले पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ मा रहेकाे नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय महुवनलाई सहयाेग गरेका छन् ।

विद्यालयमा कक्षा ११ र १२ संचालनका लागि बिहिबार एक कार्यक्रमका बिच विद्यालयलाई रु २५ हजार ५ सय सहयाेग गरेकाे नेता साहले वताए । सहयाेग रकम बराबरकाे चेक विद्यालयका प्रधानाध्यापक भरत गिरिलाई हस्तान्तरण गरेकाे नेता साहले जानकारी गराए ।

श्री देबिमाई आधारभूत बिद्यालय लखनपुरमा भएको कक्षा ११ भर्ना तथा अन्तरक्रियामा कक्षा ११ र १२ संचालनार्थ साहले विद्यालयलाई सहयाेग गरेका हुन् । साे अवसरमा उनले आफू समाजिक सेवा एवं शिक्षा बिकासका निमित विभिन्न कामहरु सधै गरिरहने वताए ।

कोरोना कालमा राहत वितरण, रक्तदान, बृक्षारोपण, कुलो सरसफाइ, बिधुत पोल जडान, बाटो मर्मत लगायतको समाजिक सेवामा आर्थिक सहयोग गरेको र भबिस्यमा पनि गरिरहने उनकाे भनाई थियाे ।

कार्यक्रममा साेही विद्यालयलाई सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ लखनपुरका वडाध्यक्ष मुन्ना राउत कमकरले वडाको बजेटबाट रु १ लाख ११ हजार सहयोग गर्ने प्रतिवद्धता जनाएकाे प्रधानाध्यापक गिरिले बताए ।

सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ लखनपुरका वडाध्यक्ष मुन्ना राउत कमकरको अध्यक्षता एवं जनता समाजवदी पार्टी नेपालका युवा नेता शिव कुमार साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महुवन अस्पतालका इन्चार्ज सरोज गिरि, नेपाल रेडक्रस सोसाइटी उप-शाखा महुवनका सभापति जदु साह तेलि, प्रधानाध्यापक भरत गिरि, शिक्षक दिनेश साह, चन्दन साह तेली लगायत अभिभावक र बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम संचालन शिक्षक सोनालाल यादव एवं स्वागत मन्तव्य रामबहादुर यादवले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

मुक्त हरवाचरवाको सवाल सम्बोधनका लागि बजेट पैरवी अभियान सुरु

कालिका टाईम्स

वीरगंजमा निःशुल्क आँखा, कान तथा नाकको स्वास्थ्य परीक्षण शिविर सम्पन्न

कालिका टाईम्स

ठाकुरराम क्याम्पसमा शिक्षकलाई कार्यकक्षमै थुनेर विद्यार्थीको विरोध

कालिका टाईम्स
SQL requests:214. Generation time:9.466 sec. Memory consumption:82.47 mb