29.8 C
Birgunj
11 May 2025
KALIKATIMES.COM

मूल्य बृद्धिको विरोधमा वीरगञ्जमा अनेरास्ववियुको प्रदर्शन

वीरगंज । पेट्रोलियम पदार्थसँगै खाद्य पदार्थमा भएको मूल्य बृद्धि विरुद्ध अनेरास्ववियु पर्साले वीरगञ्जमा प्रदर्शन गरेको छ । नेकपा एमाले निकट भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले मूल्य बृद्धिको विरुद्धमा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको मुल गेटमा प्रदर्शन गरेको हो ।

अरमान हस्मीको अध्यक्षतामा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अनेरास्ववियु वीरगञ्ज महानगर समितिका अध्यक्ष आशिफ अहमदले मूल्यबृद्धि गरेर जनताको ढाड सेक्ने कार्य कदापी सह्य नहुने बताए । उत्पादन र निर्यातलाई बढाउनतर्फ प्रेरित हुनुपर्नेमा मूल्य बढाएर आयातलाई नै थप प्रश्रय दिएको अध्यक्ष अहमदले आरोप लगाए । यथाशिघ्र मूल्य बृद्धि फिर्ता लिएर जनताको दैनिकीलाई सहज बनाउनुपर्ने अहमदको भनाई थियाे ।

प्रदर्शनमा सहभागीहरुले ‘मुल्य बृद्धि फिर्ता गर, सेरे तेरो पाराले, दुख पाए साराले, नेकपा एमाले जिन्दावाद, नाफा घाटा जान्दैनौ, मुल्य बृद्धि मान्दैनौ, निकम्मा सरकार मुर्दावाद’ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

विरोध प्रदर्शनमा अनिश अन्सारी, राष्ट्रिय युवा संघ नेपालका जिल्ला सदस्य दाउद अलि, महानगर कमिटीका तुफैर अन्सारी, ओबिसिका केन्द्रिय सदस्य राजन साह, शयाम रौनियार, पुकार सुवेदी लगायतको सहभागिता रहेको अनेरास्ववियु वीरगञ्ज महानगर कमिटीका सचिव भक्ती अग्रवालले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:221. Generation time:4.325 sec. Memory consumption:82.88 mb