36.1 C
Birgunj
10 May 2025
KALIKATIMES.COM

नेपका एस पर्साद्वारा पार्टीलाई मतदान गर्नेलाई धन्यावाद ज्ञापन

वीरगंज । नेकपा (एकिकृत समाजवादी ) पर्साले बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा पार्टीलाई मतदान गर्ने सम्पूर्णलाई अभार प्रकट गर्दै धन्यवाद दिएको छ ।

जिल्ला कमिटि पर्साले एक प्रेस बिज्ञप्ती जारी गर्दै जित र हार भनेको निर्वाचनको स्वभाविक परिणम भएकाे वताउँदै पुँजीवादी निर्वाचन प्रणालीमा पुँजीको उच्चत्म चलखेलमा पार्टी पराजित भएतापनि सम्मानजनक मत प्राप्त गर्न सफल भएकाे जनाएको छ ।

पार्टी पर्साका अध्यक्ष बालगोपाल थापाद्वारा जारी बिज्ञप्ती मार्फत पार्टीको चुनाव चिन्ह कलम छापको झण्डालाई पर्सामा स्थापित गर्दै माथी उठाउन सफल भएको जनाइएकाे छ ।

पार्टीको केन्द्रिय निर्णय अनुसार चुनावी गठबन्धनिय कार्यनितिलाई कार्यवन्यनमा इमान्दार र प्रतिब्ध भएको जनाउँदै पर्सा जिल्लामा प्रतिगामी तथा दक्षिणपन्थी अवरवादलाई परास्त गर्न सफल भएको जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

जारी बिज्ञप्ती मार्फत सम्पन्न स्थानिय तहको निर्वाचनमा पर्सा जिल्लामा नेकपा एकिकृत समाजवादी पार्टी एक राजनितिक शक्तिको रुपमा स्थापित हुन सफल भएको जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:4.549 sec. Memory consumption:82.49 mb