वीरगंज । पर्साको ग्रामीण भेगमा शुक्रबार राति आएको हावाहुरी तथा पानीले क्षति पुर्याएकाे छ । हावाहुरीका कारण गाउँका अधिकांश टोलमा विद्युत् पोलहरू ढलेका कारण अहिलेसम्म विद्युत् अवरोध हुनुको साथै दर्जनाैं घरकाे छाना उडाएकाे छ ।
धोबिनी गाउँपालिका वडा नं: १ र वडा नं. ३ काे एक दर्जन भन्दा बढी घरकाे छाना उडाउनुकाे साथै फुसकाे घर भत्केका छन् । वडा नं. ३ हरिहपुरका सुरेन्द्र प्रसाद कुर्मी, साहदेव साह कानु लगायतकाे घरमा हावाहुरीले क्षति पुर्याएकाे स्थानिय उपेन्द्र पटेलले वताए ।
यसैगरी हवाहुरीले छिपहरमाई गाउँपालिकाकाे वडा नं. १ भलुवहिया आधा दर्जन भन्दा बढी पाेलहरु ढलेका छन् । त्यस कारण साे् क्षेत्रका बिधुत समेत अवराेध भएकाे छ । हावाहुरीको कारण किसानहरूले छरेको धानको बीउ समेत नष्ट भएका छन् ।
पोखरिया विद्युत् वितरण केन्द्रका अनुसार लङ्गडीमा आठ, भिखमपुरमा चार, बहुवर्वा क्षेत्रलगायत गरी १३ वटा स्थानीय तहमा ६० वटा पोल ढलेका कारण विद्युत् अवरोध भएको छ । आफूसँग भएको जनशक्ति रातिदेखि नै काम गरिरहेको कार्यालय प्रमुख जगरनाथ झाले बताए ।
प्रमुख झाका अनुसार विभिन्न गाउँमा अवरोध विद्युत् भोलि आइतवार बेलुकासम्म समाधान हुनेछ । रातिको आएको हावाहुरीको कारण ठोरीदेखि बिन्दवासिनीसम्म विद्युत् अवरोध भएको उनले बताए ।