11 May 2025
KALIKATIMES.COM

गणतन्त्र दिवसमा वीरगंज कारागारका ३८ कैदी रिहा

वीरगंज । गणतन्त्र दिवसकाे अवसरमा आइतबार वीरगंज कारागारका ३८ जना कैदी रिहा भएका छन् । १५ औँ गणतन्त्र दिवसको अवसरमा ३ महिलासहित ३८ जना कैदीको सजाय सरकारले मिनाहा गरिदिएपछि उनीहरु रिहा भएका हुन् । 

कर्तव्य ज्यान मुद्दाका ३ महिलासहित २४ जना, सवारी ज्यान मुद्दाका ३, सरकारी किर्ते मुद्दाका २, चोरी मुद्दाका १, डाँका मुद्दाका २, बहुविवाहका २, काठचोरी मुद्दाका १, राहदानी चोरी मुद्दाका १, ज्यान मार्ने उद्योगका १ जना र कर्तव्य मुद्दाका १ जना गरी ३८ जना रिहा भएको वीरगञ्ज कारागारका प्रमुख जेलर कृष्ण गैरेले जानकारी दिए । 

गृह मन्त्रालयको प्रस्तावमा गणतन्त्र दिवसको अवसरमा मन्त्रिपरिषद्को बैठकले ५० प्रतिशत कैद सजाय भुक्तान गरीसकेका कैदीको बाँकी सजाय मिनाहा गर्ने निर्णय गरेपछि वीरगञ्जका ३८ जना रिहा भएका हुन् । 

लागुऔषध, भ्रष्टाचार, मानव तस्करी, सर्वस्वसहित जन्मकैद र चेलिबेटी बेचबिखनलगायत १९ प्रकारका मुद्दा बाहेक अन्य मुद्दामा असल चालचलन भएका, ५० प्रतिशत कैद भुक्तान भएका, मुद्दा अन्तिम भएकाहरुलाई रिहा गरिन्छ । 

जेलर गैरेका अनुसार हाल वीरगञ्ज कारागारमा ४८ जना महिलासहित १ हजार ३ सय २९ कैदीबन्दी विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:6.749 sec. Memory consumption:82.49 mb