36.4 C
Birgunj
14 May 2025
KALIKATIMES.COM

पर्साका दुई भाग्यमानी वडाध्यक्ष, जाे एक मतले जिते चुनाव

वीरगंज । पर्सामा दुई वडाध्यक्ष एक मतान्तरले विजयी भएका छन् । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ६ र बिन्दवासिनी गाउँपालिका वडा नं. ३ काे भाग्यमानी वडाध्यक्ष एक मतान्तरले निर्वाचित भएका हुन् ।

जगरनाथपुर गाउँपालिका वडा नं. ६ काे वडाध्यक्षमा पुन: अयाेध्य प्रसाद कुर्मी विजयी भएका छन् । कांग्रेसका उम्मेदवार लक्ष्मण प्रसाद कुर्मीलाई १ मतले हराउँदै एमालेका उम्मेदवार अयाेध्या विजयी भएका हुन् ।

अयाेध्या ९०४ मत ल्याएर विजयी भएका छन् भने उनकाे निकटतम् प्रतिद्वन्दी लक्ष्मणले ९०३ मत प्राप्त गरेका छन् । वडाध्यक्षका अर्का उम्मेदवार जसपाका रमेश गिरीले ५६१ मत पाएका छन् ।

वडाध्यक्षमा पराजित रमेश गिरी प्रदेश सभा सदस्य प्रहलाद गिरीका छाेरा हुन् । तत्कालिन संघिय समाजवादी फाेरमाबाट निर्वाचित गिरी अहिले लाेसपामा छन् । तर उनकाे छाेरा रमेश जसपाबाट वडाध्यक्षमा चुनाव लडेका थिए । 

एमालेका अयाेध्या विजयी भएकाे वडा कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीकाे वडा पनि हाे । 

यसैगरी बिन्दबासिनी गाउँपालिका वडा नं. ३ काे वडाध्यक्षमा एक मतले कांग्रेसका जय प्रकाश चाैरसिया निर्वाचित भएका छन् ।चाैरसियाले एमालेका हनिफ मियाँलाई १ मतले हराउँदै विजयी भएका हुन् ।

चाैरसियाले १ हजार १८५ मत ल्याउँदा उनकाे निकटतम् प्रतिद्वन्दी मियाँले १ हजार १८४ मत पाएका थिए । लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का जाेगिन्द दास तात्वा १९० मत र जसपाका नागमणी दास तात्वा १८० मत पाएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:5.612 sec. Memory consumption:82.47 mb