वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर २२ काे वडाध्यक्षमा नेपाली काँग्रेसका द्वारिका महताेसहित पुरै प्यानल विजयी भएको छ ।
वडाध्यक्षमा काँग्रेसका द्वारीका निवर्तमान वडाध्यक्ष एंव एमालेका उम्मेदवार ग्यासुदिन मियाँलाई ६९१ मत अन्तरले पराजित गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । द्वारिकाले १२९७ मत पाउँदा निवर्तमान वडाध्यक्ष ग्यासुदिनले भने ६९१ मत मात्रै पाएका छन् ।
त्यहाँ जसपाका उम्मेदवार चन्द्रमान जोशीले ५४२ मत मात्रै पाएका छन् ।
२०७४को निर्वाचनमा द्वारिका, निर्वतमान वडाध्यक्ष मियाँसंगै १३३ मत अन्तरले पराजित हुन पुगेका थिए । त्यस बेला मियाँ, तत्कालीन संघीय समाजवादी फाेरम हालको जसपाबाट चुनाव लडेर १०८७ मत प्राप्त गर्दै वडाअध्यक्षमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया लेख्नुहोस