36.4 C
Birgunj
14 May 2025
KALIKATIMES.COM

वीरगंज २३ काे वडाध्यक्षमा पुन: एमालेका कुशवाहा विजयी

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर २३ काे वडाध्यक्षमा एमालेका अवधकिशोर कुशवाहा पुनः विजयी भएका छन् ।निवर्तमान वडाध्यक्ष कुशवाहा जनता समाजवादी पार्टी (जसपा) का जमुना प्रसाद यादवलाई १ सय ४१ मतान्तरले पराजित गर्दै पुनः निर्वाचित भएका हुन् । 

कुशवाहाले ७ स ७६ मत पाउँदा जसपाका यादवले ६ सय ३५ मत पाएका छन् । नेपाली कांग्रेसका ध्रुप राय यादव ५४१ मत र नेकपमा माओवादी केन्द्रका धर्मेन्द्र प्रसाद यादव ३२३ मत पाएका छन् ।

वडा नम्बर २३ मा वडाअध्यक्षसहित सबै सदस्य एमालेकै विजयी भएका छन् ।

वडा सदस्यमा एमाले कै रामप्रसाद यादव ७२० मत ल्याएर र लालबाबु प्रसाद यादव ७११ मत ल्याएर विजयी भएका छन् । महिला सदस्यमा कुन्ती देवी ७६१ मत र फुलबचनी देवी हजरा ७५१ मत ल्याएर विजयी भएका छन् ।

वडाकाे अन्तिम मतपरिणामा घाेषण पछि विजयी एमालेका नेता तथा उम्मेदवारहरुले आफ्ना समर्थकहरु साथमा विजयी जुलुश निकालेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:4.799 sec. Memory consumption:82.47 mb