32.4 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

सखुवा प्रसाैनीकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपा विजयी

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपाका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार ३२ वर्षीय जसवन्त यादव निर्वाचित भएका हुन् । 

२०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम र हालको जसपाले टिकट नदिएपछि स्वतन्त्र चुनाव लडेर चौथो स्थानमा सिमित भएका  यादवले यसपाली भने एमालेको उम्मेदवार बनेर जसपाकै उम्मेदवार एंव निवर्तमान अध्यक्ष प्रदीप् जयसवाललाई १ हजार ८३१ मतको फराकिलो अन्तरले हराउँदै सखुवाप्रसौनी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । 

यादवले ६६४१ मत पाउँदा जसपाका जयसवालले भने ४८१० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका शैलेन्द्र कुमार यादव २ हजार ५१३ मत, नेकपा माओवादी केन्द्रका अफजल हुसेन ५६८ मत, राप्रका देवनारायण प्रसाद थारु २२६ मत र नेपाल सुशासन पार्टीका बृजमाेहन प्रसाद चाैधरी २०० मत पाएका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा भने जसपाकी शर्मिला बिष्ट निर्वाचित भएकी छन् । नेकपा एमालेकी उम्मेदवार एवं निवर्तमान उपाध्यक्ष फुलमति कुमारी थरुनीलाई २१२ मतान्तरले पछि पार्दै बिष्ट विजयी भएकी हुन् ।

बिष्टले ४ हजार ४ सय ६८ मत ल्याएकी छिन् भने निवर्तमान उपाध्यक्ष थरुनीले ४ हजार २ सय ५६ मत पाइन्।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:7.282 sec. Memory consumption:82.48 mb