32.4 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

पाेखरियाकाे प्रमुख र उप प्रमुखमा एमालेका उम्मेदवार विजयी

वीरगंज । पर्साको पोखरिया नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा प्रदुमनप्रसाद चौहानले कांग्रेसका दीपनारायण रौनियारलाई २ हजार ४ सय ३३ मतान्तरले पराजित गरेका हुन् । 

संविधानसभा सदस्यसमेत रहेका चौहानले ५ हजार ५५४ मत ल्याएका छन् । पोखरियाका निवर्तमान मेयरसमेत रहेका रौनियारले ३ हजार १ सय २१ मत ल्याए ।

नेपाल सुशासन पार्टीका शंकर राउत अहिर २ हजार ९ सय ९ मत, लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका नेजामुदिन सम्मानी २ हजार ६ सय १५ मत, जनता समाजवादी पार्टी (जसपा) नेपालका राजु साह तेली ८ सय ५८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिवन ज्याेति पासवान ४७ मत पाएका छन् ।

उप्रमुखमा एमालेकी रुवी ठाकुरले कांग्रेसकी रेहाना खातुनलाई १ हजार २ सय ६६ मतान्तरले पराजित गरेकी छन् । ठाकुरले ५ हजार १ सय ९५ मत ल्याएकी छन् भने खातुनले ३ हजार ९ सय २९ मत ल्याएकी निर्वाचन कार्यालयले जनाएको छ ।

लाेसपाकी आशा कुमारी चाैहान २ हजार ४ सय ६५ मत, सुशासन पार्टीकी वीणा देवी २ हजार २ सय ४९ मत र जसपाकी रेनु देवी ६ सय ४३ मत पाएका छन् ।

१० वडा रहेको पोखरिया नगरपालिकामा कांग्रेसले ५, एमालेले ४ र नेपाल सुशासन पार्टीले एउटा वडाध्यक्ष जितेका छन् ।

वडा नं. १ मा एमालेका प्रमाेद गिरी, २ मा एमाले कै केदार महताे चाई, ३ मा एमाले कै रामप्रबेश प्रसाद चाई, ४ मा कांग्रेका लक्ष्मण साह कानु, ५ मा एमाले कै महिन्द्र महताे चाई, ६ मा कांग्रेसका सियानन्द प्रसाद चाैहान, ७ मा कांग्रेस कै परमानन्द प्रसाद कुर्मी, ८ मा कांग्रेस कै किशाेरी साह, ९ मा सुशासन पार्टीका नाैसाद आलम र १० मा कांग्रेस कै साेनालाल प्रसाद गाेढ विजयी भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:5.547 sec. Memory consumption:82.48 mb