32.4 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

बिन्दबासिनीकाे अध्यक्षमा लाेसपा र उपाध्यक्षमा एमाले विजयी

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिका अध्यक्षमा लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका प्रमाेद तिवारी र उपाध्यक्षमा नेकपा एमालेकी ज्याेति देवी चाैरसिया विजयी भएका छन् ।
 
गाउँपालिका अध्यक्षमा लाेसपाका उम्मेदवार तिवारी ४ हजार १४१ मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय बिन्दबासिनीले जनाएकाे छ । उनकाे निकतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका विवेक चाैरसिया ३ हजार ४६८ मत प्राप्त गरेका छन् । तिवारी ६७३ मतले विजयी भएका हुन् ।
 
एमालेका गम्भिरा साह तेली १ हजार ८८९, जनता समाजवादी पार्टी (जसपा) नेपालका निर्वतमान गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु १ हजार २ सय ९२ मत र नेपाल सुशासन पार्टीका मधुसुधन चाैरसिया ५९९ मत ल्याएका छन् ।
 
गाउँपालिका उपाध्यक्षमा एमालेकी ज्याेति देवी चाैरसिया २ हजार ३६६ मत ल्याएर विजयी भएकी छन् । उनकाे निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी सुनिता चाैरसिया २ हजार २८७ मत प्राप्त गरेका छन् । एमालेकी ज्याेति माओवादीकी ज्याेति भन्दा ७९ मत बढी ल्याएर विजयी भएकी हुन् ।
 
कांग्रेसकी किरण देवी गुप्ता २‍ हजार २८१ मत, लाेसपाकी अनिता देवी गुप्ता १ हजार ६११ मत र जसपाकी मिरा ठाकुर १२०८ मत पाएका छन् ।
 
५ वटा वडा रहेकाे गाउँपालिकाकाे ३ वटा वडामा कांग्रेस र एक/एक वटा वडामा जसपा र माओवादी विजयी भएकाे छ । 
 
वडा नं. १ काे वडाध्यक्षमा जसपाका अकक्षय लाल महताे, वडा नं. २ मा कांग्रेसका मुक्तीनाथ प्रसाद कुर्मी, वडा नं. ३ मा कांग्रेस कै जयप्रकाश चाैरसिया, वडा नं. ४ मा पुन: कांग्रेस कै अनाेज चाैरसिया र वडा नं. ५ मा माओवादी केन्द्रका माेहन राउत अहिर विजयी भएका छन् । 
 
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:208. Generation time:5.777 sec. Memory consumption:82.26 mb