वीरगंज । पर्साकाे पकहा मैनपुरमा गाउँपालिकाकाे सम्पूर्ण वडासहित गाउँपालिकामा कांग्रेस विजयी भएकाे छ । गाउँपालिका अन्तर्गतकाे सम्पूर्ण वडाकाे वडाध्यक्षसहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।
गाउँपालिका अध्यक्षमा कांग्रेसका सुरेश मेहता २ हजार १५६ मतले विजयी भएका छन् । मेहताले ४ हजार ६८५ मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय पकहा मैनपुरले जनाएकाे छ ।
उनकाे निकटतम् प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा) नेपालका निर्वतमान गाउँपालिका अध्यक्ष २ हजार ५२९ मत मात्र प्राप्त गरेका छन् । गाउँपालिका अध्यक्षका अर्का उम्मेदवार नेकपा एमालेका राजेश सहनी १ हजार २१७, नेपाल सुशासन पार्टीका प्रभु प्रसाद कुर्मी ४०७ मत, नेकपा एकीकृत समाजवादीका मदन हजारा दुसाद ३२६ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी ज्याेति कुमारी १३ मत पाएका छन् ।
गाउँपालिका उपाध्यक्षमा कांग्रेस कै सरफुन नेसा ४ हजार १४१ मत ल्याएर विजयी भएका छन् । उनकाे निकटतम् प्रतिद्वन्दी एमालेकी निर्मला चाैरसिया १ हजार ८७२ मत प्राप्त गरेकी छन् । सरफुन २ हजार २६९ मतान्तरले विजयी भएका हुन् ।
जसपाकी जैबुन नेसा १ हजार ५७९ मत, सुशासन पार्टीकी अदेया देवी मेहता ४५६ मत, नेकपा एसकी नजमा खातुन ३११ मत, लाेसपाका कृष्ण प्रसाद कुर्मी २६१ मत, जनमत पार्टीका हरिशचन्द प्रसाद यादव ६५ र स्वतन्त्र उम्मेदवार मुक्तिनारायण प्रसाद चाैहान ३५ मत पाएका छन् ।
५ वटा वडा रहेकाे गाउँपालिका सबै वडाका अध्यक्षसहित दुई वडा सदस्य वाहेक सबै वडामा कांग्रेस कै उम्मेदवार विजयी भएका छन् ।
वडा नं. १ धाेरेकाे वडाध्यक्षमा कांग्रेस कै विनाेद मेहता, वडा नं. २ सुर्जाहाकाे वडाध्यक्षमा कांग्रेस कै संजय प्रसाद चाैहान, वडा नं. ३ पकहा मैनपुरकाे वडाध्यक्षमा कांग्रेस कै मुकुट प्रसाद चाैहान, वडा नं. ४ लहावरथकरीकाे वडाध्यक्षमा पुन: कांग्रेस कै ढेडी प्रसाद यादव र वडा नं. ५ सबैठवाकाे वडाध्यक्षमा कांग्रेस कै बलिराम प्रसाद बरै विजयी भएका हुन् ।
यसैगरी वडा नं. २ काे महिला सदस्य र दलित महिला सदस्य वाहेक सबै वडामा कांग्रेस कै उम्मेदवारहरु विजयी भएकाे वताइएकाे छ ।