32.4 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

कालिकामाई ५ काे वडाध्यक्षमा जसपाका कुर्मी विजयी

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ५ काे अध्यक्षमा जसपाका जयनारायण प्रसाद कुर्मीसहित प्यानल विजयी भएकाे छ । वडाध्यक्षमा कुर्मी ७६६ मत ल्याएर विजयी भएका हुन् ।

उनकाे निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका माधाे कुमार चाैहान ५७६ मत प्राप्त गरेका छन् । कुर्मी १९० मतान्तरले चाैहालाई हराउँदै विजयी भएका हुन् । यस अघि २०७४ सालकाे निर्वाचनमा कुर्मी वडाध्यक्षमा चुनाव लडे पनि पराजित भएका थिए ।

नेकपा एमालेका उम्मेदवार हनिफ मियाँ १३५ मत, नेपाल सुशासन पार्टीका शिव महताे २५ मत, लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका अनिता तिवारी ७ मत र राष्ट्रिय प्रजातन्त्र  पार्टीका जिताबाबु राम ४ मत पाएका छन् ।

वडा सदस्यमा जसपा कै मन्जित कुमार राउत ६८५ मत ल्याएर र रामप्रबेश प्रसाद कुर्मी ६५८ मत ल्याएर विजयी भएका छन् । महिला सदस्यमा जसपा कै ललिता देवी ७३६ मत साथ र दलित महिला सदस्यमा जसपा कै मालती देवी दुसादिन ७२३ मत ल्याएर विजयी भएका हुन् ।

यस वडाबाट गाउँपालिका अध्यक्षमा सब भन्दा बढी जसपाका बशिष्ट गुप्ताले ५६१ मत, कांग्रेसका अजय पटेलले ३६७ मत, नेकपा एमालेका राजेश चाैरसियाले १६५ मत र नेपाल सुशासन पार्टीका दिपु तिवारीले ४२२ मत पाएका छन् ।

उपाध्यक्षमा सब भन्दा बढी जसपाकी सहानी खातुन ६११ मत, कांग्रेसकी राजमती बरैनी ३५२ मत, एमालेकी श्रीमती अंशु आनन्दले ४७५ मत र सुशासन पार्टीका ५५ मत पाएका छन् ।

वडाध्यक्षमा निर्वाचित कुर्मीसहित वडा सदस्यहरुलाई आजै निर्वाचन कार्यालयले निर्वाचन भएकाे प्रमाण पत्र समेत वितरण गरेकाे छ । निर्वाचन अधिकृत प्रकाश काेइराला र प्रमुश प्रशासकिय अधिकृत अमित कुमार गिरीले संयुक्त रुपमा प्रमाण पत्र वितरण गरेका हुन् ।  

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:6.576 sec. Memory consumption:82.48 mb