32.4 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

धाेबिनीकाे अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस विजयी

वीरगंज । पर्साको धोविनी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपालका मदन प्रसाद चौहान विजयी भएका छन् । चाैहान ३ हजार ९१ मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय धाेबिनीले जनाएकाे छ ।

उनकाे निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वशिष्ठनारायण प्रसाद कुर्मीले ३ हजार ७१ मत प्राप्त गरेका छन् । २० मत अन्तरले कुर्मीलाई पराजित गर्दै चाैहान अध्यक्षमा निर्वाचित भएका हुन् । 

गाउँपालिका अध्यक्षका अर्का प्रतिस्पर्धी नेपका एमाले महमद सदाम हुसेन २ हजार ७१५ मत, नेकपा माओवादी केन्द्रका संताेष पटेल १३२ मत र लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका ललन प्रसाद कुर्मी ११३ मत पाएका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी मञ्जु देवी निर्वाचित भएकी छन् । मञ्जुले ३ हाजर १४३ मत ल्याएर विजयी भएकी हुन् । उनकाे निकटतम प्रतिस्पर्धी जसपाकी प्रियंकादेवी यादवले २ हजार ५७७ मत पाएकी छन् ।

प्रियाँका भन्दा ५६६ मत ल्याएर उपाध्यक्षमा कांग्रेसकी मञ्जु विजयी भएकी निर्वाचन अधिकृत कैलाश दहालले जानकारी दिए ।

उनका अनुसार उपाध्यक्षका अर्का उम्मेदवार नेकपा एमालेकी अनारकली देवी कुर्मीन २ हजार ४०२ मत, लाेसपाकी राजपती देवी कुर्मी ३१६ मत, स्वतन्त्र उम्मेदवार राजा प्रसाद कुर्मी २०९ मत र माओवादी केन्द्रकी राधिका चमैन ११५ मत पाएका छन् ।

अध्यक्ष र उपाध्यक्षमा २०७४ सालको निर्वाचनमा भन्दा ठीक उल्टो परिणाम देखिएको छ । २०७४ मा अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा तत्कालिन संघीय समाजवादी फोरम र हालका जसपा विजयी भएको थियो ।

त्यसबखत अध्यक्षमा कांग्रेसका बशिष्टका भाई सुरेश प्रसाद कुर्मी र उपाध्यक्षमा फोरमका पारसनाथ प्रसाद कुर्मी निर्वाचित भएका थिए । यस वर्ष उपाध्यक्षमा निर्वाचित मञ्जु उपाध्यक्षमा पारसनाथसँग पराजित भएकी थिइन् ।

३ वटा वडामा कांग्रेस र दुई वटामा जसपा विजयी

५ वटा वडा रहेको धोबिनी गाउँपालिकामा कांग्रेस ३ वटा र जसपा २ वटा वडाकाे अध्यक्षमा जितेकाे छ ।

वडा नं. १ को वडा अध्यक्षमा कांग्रेसका बन्धु साह तेली, वडा नं. २ मा जसपाका देवेन्द्र प्रसाद कुर्मी, वडा नं. ३ मा पुनः कांग्रेसका राजकिशोर प्रसाद कुर्मी वडा नं. ४ मा कांग्रेसकै अबास मियाँ चुरिहार र वडा नं. ५ मा पुनः मनौवर अहमद निर्वाचित भएका छन् ।

०७४ को निर्वाचनमा तत्कालिन फोरमले ३ र कांग्रेसले २ वटा वडाको अध्यक्ष जितेको थियो । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:6.264 sec. Memory consumption:82.43 mb