30.2 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

कालिकामाई ४ काे वडाध्यक्षमा कांग्रेसका साह विजयी

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ४ प्रशुरामपुरकाे अध्यक्षमा नेपाली कांग्रेसका संजय कुमार साह प्यानलसहित विजयी भएका छन् । वडाध्यक्षमा साह ७६९ मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय कालिकामाईले जनाएकाे छ ।

उनकाे निकतम् प्रतिद्वन्दी निर्वतमान वडाध्यक्ष जसपाका हरिओम साह कलवार ७३२ मत प्राप्त गरेका छन् । साह ३७ मत अन्तरले विजयी भएका हुन् । एमालेका जितेन्द्र कुमार गुप्ता ४८ मत र नेपाल सुशासन पार्टीका करिमन साह तेली ५ मत पाएका छन् ।

वडा सदस्यमा कांग्रेस कै उमाशंकर मुखिया विन, माेलाजिम मियाँ मन्सुरी, महिला सदस्यमा निर्मला देवी चाैरसिया र दलित महिला सदस्यमा सिमा देवी विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जानकारी दिएकाे छ ।

गाउँपालिका अध्यक्षमा सब भन्दा बढी कांग्रेसका अजय पटेलले ७०८ मत, जसपाका बशिष्ट गुप्ता ६९१ मत, एमालेका राजेश चाैरसिया १०६ मत पाएका छन् । उपाध्यक्षमा सब भन्दा बढी कांग्रेसकी राजमती बरैइन ७४५ मत, जसपाकी सहानी खातुन ६९७ मत र एमालेकी श्रीमती अंशु आनन्दले ९२ मत पाएका छन् । 

यसै बिच वडाध्यक्षमा निर्वाचित साहसहित वडा सदस्यहरुलाई कांग्रेसका गाउँपालिका सभापति छठु साहले फुल माला र अविरकाे टिका लगाएर बधाई तथा सफल कार्यकालकाे शुभकामना दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:6.498 sec. Memory consumption:82.48 mb