वीरगंज । बाराकाे परवानीपुर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका रामक्षत्री प्रसाद कुर्मी विजयी भएका छन् । कुर्मीले २९१७ मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय परवानीपुरले जनाएकाे छ ।
उनकाे निकटतम् प्रतिद्वन्दी लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका जगत नारायण महताे २४४३ मत ल्याएका छन् । कुर्मी ४७४ मत अन्तरले विजयी भएका हुन् ।
नेपाली कांग्रेसका लालबाबु प्रसाद यादव २४२६ मत, जनता समाजवादी पार्टी (जसपा) नेपालका सन्जु साह कानु १९६६ मत, नकपा माओवादी केन्द्रका अजय कुमार कुर्मीले ८६७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महाविर प्रसाद यादव १०९ मत, स्वतन्त्र उम्मेदवार राजेश कुमार साह ८१, जनमत पार्टी (जपा) का पृथ्वी नारायण यादव ६६ मत र नेकपा एकीकृत समाजवादीका ओमप्रकाश राउत कुर्मी ५२ मत पाएका छन् ।
गाउँपालिका उपाध्यक्षमा एकाले कै सुगान्धी देवी कनुइन विजयी भएकी छन् । कनुइन ३२३२ मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
उनकाे निकटतम् प्रतिद्वन्दी लाेसपाकी सावित्री देवी २३८७ मत, कांग्रेसकी कुराननेसा खातुन २१९४, जसपाकी बिन्दु कुमारी देवी १५७३ मत, माओवादी केन्द्रकी सिता देवी चाैहानले १०५२ मत, राप्रपाकी वविता देवी धनुकाइन १०७ मत, जपाकी कलावती यादव ९४ मत र नेकपा एसकी रामकली देवी कनुइन ५३ मत पाएका छन् ।