वीरगंज । सर्लाहीकाे बलरा नगरपालिकाकाे प्रमुखमा सरकारी सागिर छाडेर चुनाव लडेका रामशंकर कुशवाहा विजयी भएका छन् । नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका कुशवाहा ४६४३ मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय बलराले जनाएकाे छ ।
उनकाे निकटतम् प्रतिद्वन्दी लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका अभय कुमार सिंह ३६३१ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका काैशल किशाेर सिंह २६८१ मत, जनता समाजवादी पार्टी (जसपा) नेपालका नागेन्द्र झा २४५५, नेकपा एमालेका सचित्र सहनी १०८७ र जनमत पार्टीका संजय कुमार सिंह ७६१ मत पाएका छन् ।
नगर प्रमुखमा विजयी कुशवाहा शिक्षककाे स्थायी जागिरबाट राजिनामा दिएर चुनाव लडेका थिए ।
नगर उप प्रमुखमा माओवादी केन्द्रकी काेशिला देवी विजयी भएकी छन् । उप प्रमुखमा काेशिला ४३५१ मत ल्याएर विजयी भएकी निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
उनकाे निकटतम् प्रतिद्वन्दी लाेसपाकी रागनी देवी ३७४० मत, कांग्रेसकी किरण देवी ३०८७ मत, जसपाकी हेमन कुमारी २१०७ मत पाएका छन् ।