30.2 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

कालिकामाई १ काे वडाध्यक्षमा जसपाका बरै विजयी

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका १ काे वडाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपालका लालबाबु राउत बरै विजयी भएका छन् । वडा नं. १ काे अन्तिम मतपरिणाम अनुसार बरै १४१८ मत प्राप्त गरी विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय कालिकामाईले जनाएकाे छ ।

उनकाे निकतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका संजय प्रसाद (प्रभु साह) १२११ मत प्राप्त गरेका छन् । बरै २०७ मतान्तरले विजयी भएका हुन् । वडाध्यक्षका अर्का उम्मेदवार नेकपा एमालेका माेतिलाल प्रसाद कुर्मी १७३ मत र नेपाल सुशासन पार्टीका टंकराज महताे काेइरी ८१ मत ल्याएका छन् ।

वडा सदस्यमा कांग्रेसका महन्थ प्रसाद पटेल १३२५ मत ल्याएर र जसपा कै सुरेन्द्र कुमार साह १२८० मत ल्याएर विजयी भएका छन् । महिला सदस्यमा कांग्रेसकी गिता देवी कुर्मी १२८३ मत ल्याएर र दलित महिला सदस्य मै कांग्रेसकी जसाेदिया देवी १३४६ मत ल्याउर विजयी भएका छन् ।

गाउँपालिका अध्यक्ष कांग्रेसका अजय पटेल १४८७, जसपाका बशिष्ट गुप्ता १२०८ र एमालेका राजेश चाैरसिया १५९ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा कांग्रेसकी राजमती बरैनी १३५१, जसपाकी साेहानी खातुन ११४२ र एमालेकी श्रीमती अंशु आनन्द १७३ मत ल्याएका छन् । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:7.885 sec. Memory consumption:82.47 mb