वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं. १ धाेरेकाे अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विनाेद मेहता विजयी भएका छन् । वडाध्यक्षमा मेहता १०७३ मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय पकहा मैनपुरले जनाएकाे छ ।
उनकाे निकटतम प्रतिद्वन्धी नेकपा एमालेकी रम्भा देवी ८२० मत, नेकपा माओवादी केन्द्रका धिरेन्द्र चाैहान १४२ मत, जनता समाजवादी पार्टी (जसपा) नेपालका सुरेश मेहता ९ मत प्राप्त गरेका छन् ।
गाउँपालिका अध्यक्षमा कांग्रेसका सुरेश मेहता १७०९ मत, एमालेका राजेश सहनी २६७ मत र जसपाका निर्वतमान गाउँपालिका अध्यक्ष विजय चाैरसिया ९० मत प्राप्त गरेका छन् । गाउँपालिका उपाध्यक्षमामा कांग्रेसकी सरफुन नेसा १०४७, एमालेकी कुमारी निर्माला चाैरसिया ४०७ र जसपाकी जैबुल नेसा २१ ल्याएका छन् ।
प्रतिक्रिया लेख्नुहोस