30.2 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

धाेबिनी २ काे अध्यक्षमा जसपाका कुर्मी विजयी

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. २ काे अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार देवेन्द्र प्रसाद कुर्मी विजयी भएका छन् । वडाध्यक्षमा कुर्मी ८७५ मत प्राप्त गरी विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय धाेबिनीले जनाएकाे छ ।
उनकाे निकटतम प्रतिद्वन्धि नेकपा एमालेका उम्मेदवार नन्दलाल प्रसाद कुर्मीले ४९१ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका राजकिशाेर प्रसाद पटेलले ३५२, राष्ट्रिय प्रजातन्त्र पार्टीकी पुष्पा देवी चाैहान ३३० र नेकपा माओवादी केन्द्रका राजिन्द्र प्रसाद कुर्मी ३० मत पाएका छन् ।
 

वडामा जसपाका कुर्मीसहितको उनकाे प्यानल नै विजयी भएकाे छ । वडाकाे महिला सदस्यमा जसपा कै ब्यान्ति देवी कुर्मी ९२३ मत, दलित महिला सदस्य  नगिना देवी राम ९२० मत, सदस्यमा सुन्धर प्रसाद कुर्मी ८७९ मत र रमाेद राउत कुर्मी ८६९ मत प्राप्त गरी विजयी भएका छन् ।

यस वडामा गाउँपालिका अध्यक्षमा जसपाका मदन चाैहानले १६४८ मत, कांग्रेसका बशिष्टनारायण प्रसाद कुर्मी ८६५ मत र एमालेका महमद सदाम हुसेनले ५२६ मत पाएका छन् ।
 
उपाध्यक्षमा जसपाकी प्रियांका देवी यादव ८४० मत, कांग्रेसकी मंजु देवी ३५८, एमालेकी अनारकली देवी ५८९ मत पाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:212. Generation time:6.452 sec. Memory consumption:82.44 mb