34.8 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

ठाेरी १ मा एमालेका मगर विजयी

वीरगंज । पर्साको ठोरी गाउँपालिका-१ को अध्यक्षमा एमालेका धनमान थापा मगर निर्वाचित भएका छन् । ६ सय ५१ मत ल्याएर उनी वडा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय ठाेरीले जनाएकाे छ ।

निकटम प्रतिद्वन्द्वी भन्दा २१ मत मात्रै बढी ल्याएर उनी निर्वाचित भएका छन् । निकटम प्रतिद्वन्द्वी  नेपाली कांग्रेसका नवराज फुँयालले ६ सय ३० मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बनेका रामप्रकाश कुँवरले २० मत पाएका छन् ।

यसैगरी महिला सदस्यमा एमाले कै धन माया घलान (ठाेकर) ६७६ मत, दलित महिला सदस्यमा एमाले कै मिश्री कुमारी दर्जी ७१८ मत, सदस्यमा एमाले कै केशव अधिकारी ७१९, अनिल अधिकारी ७१० मत ल्याएका विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:3.991 sec. Memory consumption:82.47 mb