वीरगंज । निर्वाचन आयोगले वीरगंज महानगरपालिकाका नेकपा (एमाले) का उम्मेदवार विजय सरागवीलाई निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको विषयमा २४ घन्टे स्पष्टीकरण सोधेको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ईश्वरचन्द्र यादवको उजुरीका आधारमा आयोगले सरावगीलाई जवाफ माग गरेको हो ।
सरागवीले वैशाख २६ गते राति १२ः३० बजे महानगरको वडा नं. १६ स्थित एक मतदाताको घरमा प्रवेश गरी मत खरिद गर्न नगदको लेनदेन गरेकाले निजको उम्मेदवारी खारेजीको माग गरेर उजुरी प्राप्त भएको थियो ।
आयोगले मतदातालाई प्रभावित हुने गरी कुनै पनि किसिमको आर्थिक प्रलोभन देखाउने गतिविधि गर्नुभएको हो ? तपाईंलाई के कति कारणले प्रहरी प्रसाशनले आफ्नो सुरक्षामा मतदाताको घरबाट बाहिर निकाल्नुपरेको हो ? भनी सरावगलीलाई स्पष्टीकरण सोधेको छ ।
प्रतिक्रिया लेख्नुहोस