37 C
Birgunj
21 May 2025
KALIKATIMES.COM

बिन्दबासिनी गाउँपालिकाले निशुल्क रगत उपलब्ध गराउने

वीरगन्ज । पर्साकाे बिन्दवासिनी गाउँपालिकाले आफ्नाे गाउँवासीलाई निशुल्क रगत उपलब्ध गराउने भएकाे छ । गाउँपालिका क्षेत्रका बासीन्दालाई उपचार गराउने क्रममा चिकित्सककाे सल्लाहमा आवश्यक पर्ने रक्त निशुल्क उपलब्ध बुधबार नेपाल रेडक्रस साेसाइटी पर्सा शाखासंग सम्झाैता गरिएकाे प्रमुख प्रशासकिय अधिकृत राजु साहले वताए ।

रेडक्रसकाे पर्सा शाखा र बिन्दवासिनी गाउँपालिका बिच रक्तसञ्चार केन्द्रबाट निशुल्क रगत उपलब्ध गराउन पांच बुंदे सम्झौता हस्ताक्षर भएकाे हाे । रेडक्रस पर्सा शाखाका सभापति बिरेन्द्र राज कंडेल र बिन्दवासिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु शाहले सो सम्झौता-पत्र हस्ताक्षर गरेका छन् ।

बिन्दवासिनी गाउँपालिकाका बिपन्न एवं गरिब बिरामिहरुलाइ सहुलियत मिलोस भन्ने उदेश्यले सो सम्झौता गरिएको प्रमुख प्रशासकिय अधिकृत शाहले बताए ।

सम्झाैता अनुसार उपलब्ध गराईने रगतकाे ब्याग, क्रसमैच, ग्रुपिङ एवम् परिक्षण वापतकाे प्रति यूनिट रु एक हजार ५० का दरले गाउँपालिकाले रेडक्रसलाई उपलब्ध गराउने रेडक्रस पर्साका कोषाध्यक्ष महन्थ प्रसाद यादवले वताए ।

प्रत्येक गाउँ, नगरपालिका, महानगरबाट समेत यस प्रकारको सम्झौता गरि हरेक बिरामिलाई निशुल्क रुपमा रगत सजिलै उपलब्ध गराउनमा हामिले समन्वय गर्दै आएकाे रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा गर्भपतन सम्बन्धी तालिम संचालन

कालिका टाईम्स

मुक्त हरवाचरवाको सवाल सम्बोधनका लागि बजेट पैरवी अभियान सुरु

कालिका टाईम्स

वीरगंजमा निःशुल्क आँखा, कान तथा नाकको स्वास्थ्य परीक्षण शिविर सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:7.245 sec. Memory consumption:82.47 mb