30.2 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

वीरगंज १० मा जसपाका उम्मेदवारीलाई माओवादीकाे समर्थन

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १० का जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले समर्थन गरेकाे छ । जसपाका वडाध्यक्षका उम्मेदवार सुशिल साहलाई माओवादी केन्द्रले समर्थन गरेकाे हाे ।

बैशाख ३० गतेकाे स्थानिय तह निर्वाचनमा जसपाका उम्मेदवारलाई माओवादी केन्द्र वडा नं. १० समितिले समर्थन गर्ने दुई पार्टी बिच लिखित सहमति भएकाे छ । माओवादी केन्द्रका पर्सा क्षेत्र नं. २ (ख) का इन्चार्ज प्रभाकर गुप्ता र जसपा वीरगंज महानगर वडा नं. १० इकाई समिति अध्यक्ष जाेगिन्द्र साह कानुले संयुक्त रुपमा एक प्रेस विज्ञप्ती जारी गर्दै दुई दल बिच सहमती भएकाे जनाएका हुन् ।

सहमती अनुसार माओवादी केन्द्रबाट वडा नं. १० काे वडाध्यक्षकाे उम्मेदवारी दिएका पवन गुप्तासहितकाे वडा समितिका उम्मेदवारहरुले जसपाका वडाध्यक्षका उम्मेदवार सुशिल साहसहितका वडा समितिका उम्मेदवारलाई सघाउनले वताइएकाे छ ।

माओवादीकाे समर्थनले वडा नं. १० मा जसपाकाे जित निश्चित भएकाे जसपाका केन्द्रिय सदस्य एवम् संघिय सांसद प्रदिप यादवले वताए । उनले यसका साथै वीरगंज महानगरमा ५ दलिय गठबन्धनकाे जित निश्चित रहेकाे दाबी गरे ।

उनले भने “वीरगंज महानगरमा गठबन्धनकाे जित कांग्रेस सभापति शेर बहादुर देउवाकाे जित हाे, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकाे जित हाे, नेकपा एसका अध्यक्ष माधाे नेपालकाे जित हाे, प्रतिगमन विरुद्धकाे जित हाे । त्यही भएर इमन्दारी साथ सबैले गठबन्ध जिताउन लागि परेका छन् । यसमा कहि कतै शंका गर्ने ठाउँ छैन् ।

प्राप्त उपलब्धिलाई रक्षा गर्नकाे लागि प्रतिगमनकारी शक्तिहरुकाे विरुद्ध अग्रगमन शक्तिहरु बिचमा वृहत लाेकतान्त्रिक गठबन्धनद्वारा जनताकाे प्राप्त अधिकारलाई संरक्षण गर्ने माओवादीका नेता प्रभाकर गुप्ताले वताए । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:217. Generation time:7.093 sec. Memory consumption:82.48 mb