वीरगंज । मधेश प्रदेशकाे एक मात्र वीरगंज महानगरपालिकामा दुई पक्षिय कडा प्रतिस्पर्धा देखिएकाे छ । वीरगंज महागरपालिकामा सतारुढ ५ दलिय गठबन्धन र नेकपा एमाले एवम् लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) काे गठबन्धन बिच कडा प्रतिस्पर्धा देखिएकाे हाे ।
सतारुढ गठबन्धनबाट मेयरमा जसपाका उम्मेदवार राजेशमान सिंह र उप मेयरमा नेपाली कांग्रेसका उम्मेदवार इम्तियाज आलम चुनावी मैदानमा छन् भने एमाले र लाेसपाकाे गठबन्धबाट मेयरमा एमालेका उम्मेदवार निर्वतमान मेयर विजय कुमार सरावगी र उप मेयरमा लाेसपाका उम्मेदवार पुरुषाेत्म झा चुनावी प्रतिस्पर्धामा छन् ।
यस अघिकाे स्थानिय तह निर्वाचनमा तत्कालिन संघिय समाजवादी फाेरम नेपाल र हालका जसपाका उम्मेदवार मेयरमा र कांग्रेसका उम्मेदवार उप मेयरमा विजयी भएका थिए । तस्राे स्थानमा तत्कालिन राजपाबाट मेयरमा चुनाव लडेका हालका जसपाका उम्मेदवार राजेशमान थिए । चाैथाे र पांचाै स्थानमा नेकपा एमाले र माओवादी केन्द्र थिए ।
गत स्थानिय तह निर्वाचनमा पहिलाे र दाेस्राे दल एक भएर चुनाव लडदा र साे गठबन्धनमा अन्य दुई दल पनि सहभागि हुँदा यस पालिकाे निर्वाचनमा पनि गठबन्धनकाे जित सहज देखिन्छ । गत बर्षकाे निर्वाचन मत परिणाम अनुसार सतारुढ गठबन्धकाे जित दाेबर मतले हुने देखिन्छ । तर हाल केही अवस्था फेरिएकाेले त्यस्ताे नहुने पनि केहीकाे दाबी छ ।
सतारुढ गबन्धनकाे नेतृत्व गर्ने दल कांग्रेसमा अन्तरद्वन्ध रहेकाेले अन्तर्घात हुन सक्ने पनि सम्भावना रहेकाे केहीकाे भनाई छ । उनीहरुका अनुसार कांग्रेसकाे भागमा परेकाे उप मेयरकाे टिकट वितरणकाे विषयले संस्थापन इतर पक्षका नेतहरु असन्तुष्ट रहेका छन् । वीरगंजमा बलियाे जनाधार रहेका उनीहरुले एमाले-लाेसपा गठबन्धनका उम्मेदवारलाई सघाउन सक्ने सम्भावना रहेकाे छ ।
त्यसाे भएकाे खण्डमा पनि एमाले-लाेसपा गठबन्धनकाे जित त्यतिकाे सजिलाे देखिदैन । धेरै मतान्तर रहेका कारण त्यसाे भएकाे खण्डमा पनि सतारुढ गठबन्धन कै जित हुने पनि सम्भावना रहेकाे छ । अक्राे तर्फ सतारुढ गठबन्धनकाे जित गठबन्धनमा सहभागि पांच दलकाे प्रतिष्ठाकाे सवाल समेत रहेकाे नेताहरुले वताएका छन् ।
स्थानिय तह निर्वाचनमा सतारुढ ५ दलिय गठबन्धनका उम्मेदवार विजयी नभए यसकाे असर संघ र प्रदेशकाे निर्वाचनमा पर्न सक्ने र वीरगंजमा कमजाेर रहेकाे एमाले बलियाे हुन सक्ने नेताहरुकाे भनाई छ । त्यस कारण सतारुढ गठबन्धनलाई जिताउन पर्सा अर्थात वीरगंजमा बलियाे रहेकाे कांग्रेस र जसपाकाे साथै गठबन्धनमा सहभागि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुकाे प्रतिष्ठाकाे सवाल रहेकाे छ ।
गठबन्धनकाे जित केन्द्रमा राम्राे पहुँच रहेकाे नेपाली कांग्रेसका नेता रमेश रिजाल, अजय चाैरसिया, सुरेन्द्र चाैधरी, अजय द्विवेदी, राजेन्द्र बहादुर अमात्य, अनिल रुंगटा, जनार्दन सिंह क्षेत्री, जसपाका नेता एवम् मेधश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी, संघिय सांसद प्रदिप यादव, नेता रामनरेश यादव, नेकपा एकीकृत समाजवादीका नेता नागेन्द्र चाैधरी, रामचन्द्र साह, चिरन्जिवी अचार्य, बालगाेपाल थापा, नेकपा माओवादी केन्द्रका विजय महताे, रामदरश कुशवाहा, रहबर अन्सारी लगायतका नेताहरुकाे प्रतिष्ठाकाे सवाल रहेकाे एक नेताले वताए ।