30.2 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

फेटामा विवेकशिल साझाकाे घरदैलाे तथा चुनावी सभा सम्पन्न

आनन्द पटेल/
परवानीपुर । बाराको फेटा गाउँपालीका वडा नं १ त्रीवेणी टोलमा शनिबार विवेकशिल साझा पार्टीकाे घरदैलो तथा चुनावी सभा सम्पन्न भएको छ । बैशाख ३० गते हुन स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै चुनाव प्रचार प्रसार कार्यक्रम अन्तर्गत घरदैलो तथा सभा सम्पन्न भएकाे हाे ।

फेटा गाउँपालीकाका मेयर पदका उमेदवार रुस्तम अन्सारीसहितको टोलिले वडा नं. १ त्रीवेणी टोलमा जनता दर्शन तथा घरदैलो गरेको छ । पार्टीका सयौं नेता तथा कार्यकताहरुको उपस्थितीमा गरिएको घरदैलो कार्यक्रममा तराजु छाप चुनाव चिन्हमा मतदान गरी जिताउन आह्वान गर्नुका साथै नागरिकहरुका समस्या तथा गुनासाहरुको बारेमा पनि जानकारी लिईएको छ ।

घरदैलाेपछि आयाेजित सभामा वाेल्दै गाउँपालीका प्रमुखको उम्मेदवार रुस्तम अन्सारीले फेटा गाउँपालीकालाई नेपालमै बिकास र परीवर्तनको रुपमा बिकास गर्नको लागि आफनो पार्टी नै चुनाव जित्नुपर्ने जिकिर गरे ।

उनले सबै प्रकारको समृद्धि अहिलेको आवश्यकता भएको धारणा राख्नुहुँदै आफु बाहेकको मेयर जितेमा यस पालीकाको बिनास हुने र पालीका बासीको हितमा नभएर ठेक्का र पैसा कमाउने काम बाहेक अन्य काम केही नहुने जिकिर समेत गरे ।

उनले महिला, बालबालिका, ज्येष्ठ नागरिकको पार्टी विवेकशिल साझा पार्टी भएकाले यस पार्टीमा आउनेको लहर लागेकाले आफनो जीत निश्चित रहेको बताए । एक फरक प्रसङगमा नेता अन्सारीले जनताको हितको लागी आफु नेपाली कांग्रेस पार्टीकाे टिकट च्यातेर फालेको बताए ।

उनले जनता भन्दा ठुलो अरु कोही नभएको र आफु जन्ताको सेव गर्नको लागी राजनीतीमा लागेको बताए । शनिबारकाे घर दैलो कार्यक्रममा पार्टीका केन्द्रिय तहका नेता, जील्लाका नेता लगायत फेटा गाउँपालीकाका स्थानीयहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:5.107 sec. Memory consumption:82.47 mb