30.2 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

उप मेयरकी स्वतन्त्र उम्मेदवार मिश्रद्वारा घरदैलोलाई निरन्तरता

वीरगंज । वीरगंज महानगरपालिकाकाे उप मेयरकी स्वतन्त्र उम्मेदवार रम्भा मिश्रले घरदैलो अभियानलाई तीव्रता दिएकी छन् । मिश्रले वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा  गुलाफ छापमा मतदान गर्न आग्रह गर्दै विभिन्न वडाहरुकाे घर घर पुग्न थालेका हुन् ।

उनले नगरवासिको माया प्रेम सधै पाएकाे वताउँदै चुनावी जस्तो सुकै परिस्थती भए पनि नगरवासी महिला, पुरुष, युवा सबैबाट सहयोग साथ पाउने आशा रहेकाे वताइन ।

बिहिबार वीरगञ्ज महानगरको ग्रामिण २४ र २५ वडा लगायत ईनरवा, नगवामा घरदैलो कार्यक्रममा बोल्दै राजनितीमा महिलाहरुलाई जहिले पनि विभेदमा परीएको देखीन्छ । यसपाली पनि अधिकान्स दलहरु प्रमुख र उप प्रमुख पदमा उम्मेदवारीका लागी टिकट समेत नदिनु महानगरको दुर्भाग्य रहेको बताइन । कुनै महिलालाई समस्या भए समस्या बुझने महिलानै चाहिन्छ भन्दै नगरवासिको चाहना अनुसनर आफु उम्मेदवारी दिएको बताइन ।

विभिन्न ठुला पार्टीहरुको सामना गर्दै विभिन्न चुनौती, वाधा अडचन भए पनि घर घर सबैको माया र आर्शिवादको लागी आएको भन्दै यसपलिको उप मेयरमा गुलाफ छापमा मतदान गर्न आग्रह गरिन ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:5.678 sec. Memory consumption:82.47 mb