30.2 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

कालिकामाईमा पहिलाे दिन जसपाकाे मात्र मनाेनयन दर्ता

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकामा आइतबार जनता समाजवदी पार्टी (जसपा)ले मनाेनयन दर्ता गराएकाे छ । जसपाबाट गाउँपालिका अध्यक्षमा बशिष्ट कुमार र उपाध्यक्षमा साेहानी खातुनले मनाेनयन दर्ता गराएका हुन् ।

यसैगरी जसपाबाट नै वडा नं. १ काे वडाध्यक्षमा लालबाबु राउत बरै, वडा नं. २ काे वडाध्यक्षमा ताजिन्द्र साह कलवार, वडा नं. ३ काे वडाध्यक्षमा संजय पटेल र वडा नं. ५ काे वडाध्यक्षमा जयनारायण प्रसाद कुर्मीले मनाेनयन दर्ता गराएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । 

गाउँपालिका अन्तर्गत ५ वटा वडा रहेपनि जसपाले मनाेनयन दर्ता पहिलाे दिन गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ४ वटा वडाकाे मात्र उम्मेदवारी दर्ता गराएकाे हाे । जसपाले बाकी वडा नं. ४ प्रशुरामपुरकाे मनाेनयन दर्ता साेमबार गराउने जनाएकाे छ ।

त्यसैगरी स्वतन्त्रबाट गाउँपालिका अध्यक्षमा राजेश साह तेली र नेकपा एकीकृत समाजवादीबाट वडा नं. २ काे वडाध्यक्षमा दिलिप कुमार कुशवाहाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी विभिन्न वडाका वडा सदस्यहरुमा नरेन्द्र राउत कम्कर, सुरज राउत बरै, सुरेन्द्र कुमार साह, रामनरेश साह कानु, प्रमाेद ठाकुर लाेहार, रामराज प्रसाद चाैरसिया, संजय प्रसाद कुर्मी, रामप्रबेश कुर्मी, मंजित कुमार राउत, सुनिल कुमार साह, जैकिशुन महताेले मनाेनयन दर्ता गराएकाे निर्वाचन अधिकृत प्रकाश काेइराले जानकारी दिए ।

त्यसैगरी महिला वडा सदस्यमा फुलमती देवी विन, श्रीमति उम्रावती देवी, ललिता देवी, प्रमशिला देवी, दलित महिला सदस्यमा रबडी देवी, गायत्री देवी पासवान, चनरजाेतिया दुसादिन, मालती देवी दुसादिन र उषा देवीले मनाेनयन दर्ता गराएकाे अधिकृत काेइरालाले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:4.070 sec. Memory consumption:82.47 mb