36.4 C
Birgunj
14 May 2025
KALIKATIMES.COM

कांग्रेसले टिकट नदिएपछि पटेलले दिए स्वतन्त्र उम्मेदवारी

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिका वडा नं. ५ प्रसाैनी भाठाकाे वडाध्यक्षमा दिलिप पटेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनले आफ्नाे दलबलकाे साथ निर्वाचन अधिकृतकाे कार्यालय बिन्दवासिनीमा गएर उम्मेदवारी दिएका हुन् ।

नेपाली कांग्रेसले टिकट नदिएपछि आफुले स्वतन्त्र उम्मेदवारी दिएकाे पटेलले वताए ।

उनले भने “आफु लामाे समयदेखी कांग्रेस मै सक्रिय थिए । पार्टीले पनि आफुलाई नै टिकट दिने आश्वासन दिएकाे थियाे । तर अन्तिममा आएर अरुलाई टिकट दिएपछि आफु आज स्वतन्त्र उम्मेदवारी दर्ता गराएकाे छु । “

बैशाख ३० गते हुने निर्वाचनमा आफुले नै चुनाव पनि जित्ने उनले दाबी समेत गरे । कांग्रेसले साे वडामा वडाध्यक्षकाे टिकट सुकदेव राउत अहिरलाई दिएकाे छ । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:8.881 sec. Memory consumption:82.46 mb