36.4 C
Birgunj
14 May 2025
KALIKATIMES.COM

पर्सामा एक सय ६७ मतदान स्थल र ४०४ मतदान केन्द्र निर्धारण

३ लाख ३९ हजार ८ सय ३६ जनाले मतदान गर्न पाउने

वीरगंज । पर्सामा एक सय ६७ मतदान स्थल र ४०४ मतदान केन्द्र निर्धाण गरिएकाे छ । बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचनकाे लागि पर्सामा पुरानै मतदान स्थल कायम रहेकाे र मतदान केन्द्रहरु मतदाता संख्याकाे आधारमा बढाइएकाे जिल्ला निर्वाचन अधिकारी रंजिता झाले जानकारी दिइन । 

सबभन्दा बढी मतदाता रहेकाे वीरगंज महानगरपालिकामा ५५ मतदान स्थल, १४३ मतदान केन्द्र र सबै भन्दा कम मतदाता रहेकाे धाेबिनी गाउँपालिकामा ७ मतदान स्थल र १६ मतदान केन्द्र निर्धारण गरिएकाे अधिकारी झाले वताइन । वीरगंज महानगरपालिकामा एक लाख २४ हजार ६ सय ४७ र धाेबिनी गाउँपालिकामा १२ हजार २ सय ६७ मतदाता रहेका छन् ।

उनका अनुसार पाेखरिया नगरपालिकामा ११ मतदान स्थल र २४ मतदान केन्द्र, बहुदरमाई नगरपालिकामा पनि ११ मतदान स्थल र २८ मतदान केन्द्र, पर्सागढी नगरपालिकामा १२ मतदान स्थल र २७ मतदान केन्द्र निर्धारण गरिएकाे छ ।

यसैगरी, पटेर्वा सुगाैली गाउँपालिकामा ८ मतदान स्थल र १७ मतदान केन्द्र, ठाेरी गाउँपालिकामा ७ मतदान स्थल र १७ मतदान केन्द्र, जिराभवानी गाउँपालिकामा ९ मतदान स्थल र १८ मतदान केन्द्र, कालिकामाई गाउँपालिकामा ६ मतदान स्थल र १५ मतदान केन्द्र, सखुवा प्रसाैनी गाउँपालिकामा ७ मतदान स्थल र २१ मतदान केन्द्र, बिन्दवासिनी गाउँपालिकामा ९ मतदान स्थल र २० मतदान केन्द्र, पकहा मैनपुर गाउँपालिका ६ मतदान स्थल र १५ मतदान केन्द्र, जगरनाथपुर गाउँपालिकामा ११ मतदान स्थल र २३ मतदान केन्द्र, छिपहरमाई गाउँपालिकामा ८ मतदान स्थल र २० मतदान केन्द्र निर्धारण गरिएकाे छ ।

पाेखरियामा १९ हजार ६ सय ६४, बहुदरमाईमा २४ हजार ३ सय १३, पर्सागढीमा २२ हजार ८ सय ७, पटेर्वा सुगाैलीमा १३ हजार ९ सय २०, ठाेरीमा १४ हजार ७ सय ८, जिराभवानीमा १३ हजार ९ सय २९, कालिकामाईमा १२ हजार ९ सय ७५, सखुवा प्रसाैनीमा १९ हजार ७ सय ६३, बिन्दवासिनीमा १४ हजार ८ सय ४, पकहा मैनपुरमा १२ हजार ३ सय १४, जगरनाथपुरमा १८ हजार ६१ र छिपहरमाईमा १५ हजार ६ सय ६४ जना मतदाता रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराएकाे तथ्यांक अनुसार पर्सामा कुल मतदाता ३ लाख ३९ हजार ८ सय ३६ रहेका छन् । जस मध्ये महिला मतदाता एक लाख ४८ हजार २ सय ८३, पुरुष मतदाता एक लाख ९१ हजार ५ सय ३७ र अन्य १६ जना रहेका छन् ।

पर्सामा ३३ दल निर्वाचनमा सहभागि हुने 

पर्सामा ३३ वटा दल स्थानिय तहकाे निर्वाचनमा सहभागि हुने निर्वाचन अधिकारी झाले झानकारी दिइन । उनले राष्ट्रिय ६ वटा र अन्य २७ गरी ३३ वटा दल निर्वाचनमा सहभागि हुने वताइन । यसका अलवा केहीले स्वतन्त्र उम्मेदवारी दिन सक्नै वताउँदै झाले ४० सम्म पुग्ने अनुमान रहेकाे वताइन ।

अहिले निर्वाचन आयाेगकाे निर्देशन अनुसार निर्वाचन सामग्री खरिदकाे काम भइरहेकाे उनले वताइन । अधिकारी झाले बैशाख ८ गते स्थानिय स्तरमा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गर्ने कार्य तालिका रहेकाे समेत जानकारी गराइन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:216. Generation time:4.814 sec. Memory consumption:82.49 mb