14 May 2025
KALIKATIMES.COM

कराते खेलाडीहरुलाई नेता अन्सारीद्वारा बिदाई

वीरगंज । भारतको कलकतामा आयोजना हुन लागेको सार्क राष्ट्र कराते प्रतियोगितामा भाग लिन गइरहेका कराते खेलाडीहरुलाई शुक्रबार वीरगंजमा सम्मानसहित बिदाई गरिएको छ ।

वीरगंज महानगरपालिका वडा नं. १० कबड हल घडिअर्वामा आयोजित कार्यक्रममा वीरगंजबाट प्रतियोगितामा भाग लिन जान लागेका २० जना खेलाडिहरुलाई नेकपा (माओवादी केन्द्र ) वीरगंज महानगरपालिका अध्यक्ष रहबर अन्सारीले खादा, अबरि टीका र माला लगाई बिदाई गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेता अन्सारीले वीरगंजका खेलाडिहरु प्रतियोगितामा विजयी हुने पुर्ण आशा र विश्वास लिदै वीरगंज तथा देशकै नाम चिनाउन सफल हुने बताएका थिए । कराते गुरु राजकुमारको नेतृत्वमा भारतको कलकतामा आयोजना हुन लागेको सो प्रतियोगिता भाग लिन खेलाडिहरु गएको अनेरास्ववियु क्रान्तिकारीका जुबैर आलमले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

दाइजोको डरले बालकैमा बिहे, दाइजोविरुद्धका अभियानले नछोएको समाज

न्युज डेस्क

लिटिल बड्डी प्रीस्कूलद्वारा नारायणी अस्पतालका दुई नर्स सम्मानित

न्युज डेस्क

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क
SQL requests:215. Generation time:8.960 sec. Memory consumption:82.47 mb