10 May 2025
KALIKATIMES.COM

बहुअरीको नेराआविकाे अवस्था दिनप्रतिदिन जीर्ण हुँदै

परवानीपुर । बाराको परवानीपुर गाउँपालीका वडा नं ५ बहुअरी टोलमा रहेको नेपाल राष्ट्रीय आधारभुत विधालयको अवस्था दिनप्रतिदिन जीण हुँदै गएको छ । विद्यालयकाे भौतीक संरचना ब्यवस्थित नहुँदा विद्यार्थीहरुलाई पठन पाठनमा समस्या हुने गरेकाे छ ।

करिब एक वर्ष अगाडी वडाध्यक्ष रामेश्वर कलवारले विद्यालयकाे पुरानो भवनलाई भत्काउन लगाई नयाँ भवन निर्माण गर्न बजेट निकासा गराएका थिए । कसैलाई जानकारी नदिई एकलौटी ढङगले भवन निर्माणकाे उपभोक्ता समिती बनाई काम शुरु गर्न खोज्दा स्थानीयले अवरोध गरेपछी भवन निमार्णको काम स्थगीत हुन पुगेको थियो ।

सार्बजनिक काममा टोलमा सार्वजाीक सुचना निकाली सबैलाई समेटेर काम अगाडी बढाउन स्थानीहरुले आग्रह गरे पनि वडाध्यक्षकाे लापरवाहीले विद्यालयकाे अवस्था खराब हुँदा बिधार्थीहरुको भविष्य नै अन्धकारमा परेको स्थानीहरुको भनाई छ ।

टोलमा कुरा नमिल्दा नेपाली कांग्रेसका युवा नेता सुनील पटेलको नेतृत्वमा यूवाहरुको टोली गाउँपालीका प्रमुख हरिनारायण साहलाई लिखीत रुपमा जानकारी गराएका थिए । पछी गाउँपालीबाट समस्या समाधान हुने आसवासन आएपनि पालीका स्तरबाट छलफल नहुँदा समस्या समाधान हुन नसकेको पटेलले बताए ।

नेता पटेलले आफुहरु बिकासको बिरोधी नरहेको तर जनभावना अनुसार काम हुनुपर्ने आफुहरुको माग रहेको बताए । पछी टोलमा दुई पटक बैठक बसेपनी कुनै निस्कर्स निस्किन सकेको छैन । बिद्यालयका प्रधानाध्यापक धुरेन्द्र प्रसादको अनुसार आफुले वडा अध्यक्ष लगायत गाउँपालीका प्रमुखलाई पनि लिखित निबेदन दिदा पनि अहिलेसम्म कुनै निर्णय हुन नसकेको र कक्षा कोठाको अभाव हुँदा विद्यार्थीहरुलाई पठन पाठनमा निकै समस्या हुने गरेको दुखेसो पोखे ।

उनका अनुसार राष्ट्रपति विद्यालय योजनामा यो बिधालयमा पनि दुईकोठे भवन पर्न सफल भएको तर जनप्रतिनिधी लापरवाहीका कारणले यो पनि फ्रिज हुने अवस्थामा  पुगेकाे छ । खासगरी बिपन्न वर्गका बच्चाहरु यस बिधालयमा पढने हुनाले त्यस्ता बिधार्थीहरुको लागी झन समस्या भएकाे प्र.अ. धुरेन्द्रले बताए ।

यस बिषयमा गाउँपालीका प्रमुख हरिनारायण साहलाई सर्मपक गर्दा यसमा वडाध्यक्षको बिशेष भुमीका रहेको र गाउँपालीका स्तरबाट पनि समस्या समाधानको पहल भईरहेको बताए । यसरी जनप्रतिनिधीहरुले एक अर्कालाई दोसारोपन गरी रहँदा अहिले पनि विद्यालयकाे समस्या समाधान नहुने निश्चित देखिन्छ ।

अहिले स्थानीय निकायको निर्वाचन नजीकीदै गर्दा जनप्रतिनिधीको ध्यान बिकास भन्दा पनि मतदाता रिझाउनमा केन्द्रीत भएको देखिन्छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:7.184 sec. Memory consumption:82.5 mb