32.9 C
Birgunj
10 May 2025
KALIKATIMES.COM

बाल रोग डाक्टर रौनियार निशुल्क बहिरंग सेवा संचालन गर्दै

वीरगंज । पर्सामा नवजात शिशु तथा बाल रोग बिशेषज्ञ डाक्टर आनन्द रौनियारले निशुल्क बहिरंग सेवा सुरु गरेका छन् ।

शनिबार ओम शिवशक्ति बचत तथा ऋण सहकारी संस्था परवानीपुरमा भएकाे गुरु सम्मान तथा होली मिलन कार्यक्रममा डाक्टर रौनियाले निशुल्क बहिरंग सेवा संचालन गर्ने घोषणा गरेसँगै फागुन २९ गते आइतबार देखी सेवा सुरु गरेका हुन् ।

हिमालयन हेल्पीङ्ग हैण्डस समुहको कोषध्यक्ष समेत रहेका डा.रौनियारले वीरगञ्जस्थित नारायणी बयाेद्या हस्पिटलको सिटी किल्नीक वीरगञ्ज लिन्क रोडमा निशुल्क बहिरंग सेवा सुरु गरेकाे जनाएका छन् ।

समाजमा रहेका गरीब तथा विपन्न वर्गका शिशु तथा बालबालिकाहरुलाई नि:शुल्क बहिरंग सेवा दिने तथा सुपथ मुल्यमा औषधी समेत उपलब्ध गराइने उनले बताए ।

हाल पर्सा र बारा जिल्लामा बच्चाहरुको उपचारमा देखिएको अवश्यकता भन्दा बढी औषधि लेखने बढेको देखिएको छ । गरीब तथा विपन्न परिवारलाई सहज हुनका लागी नि:शुल्क बहिरंग सेवा दिने डा. रौनियारको पहिलो प्रयास रहेको छ ।

डा. रौनियार वीरगञ्जस्थित नारायणी ब्योधया हस्पिटलको सिटी किल्नीक वीरगञ्ज लिन्क रोडमा दिउसो १२ बजेदेखी साझको ४ बजे सम्म निशुल्क बहिरंग सेवा संचालमा रहने बताए । उनले भने “निशुल्क बहिरंग सेवा हप्ताको ६ दिन संचालमा रहेको र शनिबार विदा रहेको दिन विदा रहनेछ ।”

डा. रौनियार वीरगञ्जको गण्डकस्थित रहेको नारायणी ब्योधया हस्पिटलमा कार्यरत रहेका छन् भने फोन नम्बर ९८२०७०६८३४ मा सम्पर्क गर्ने सकिने जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:220. Generation time:4.168 sec. Memory consumption:82.77 mb