32.9 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

पुन: मेयर मै चुनाव लड्छु : मेयर सरावगी

वीरगंज । स्व. विजयप्रकाश विन दोस्रो स्मृति पत्रकारिता पुरस्कारबाट वीरगंजका अग्रज पत्रकार पुरुषोत्तम सिँह भट्टराई पुरस्कृत भएका छन् । स्व. विन्दुदेवी स्मृति प्रतिष्ठानद्वारा स्थापित पत्रकारिता पुरस्कार यस बर्ष भट्टाराईलाई प्रदान गरिएकाे हाे । 

कार्यक्रमका प्रमुख अतिथी वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले पुरस्कार राशी ११ हजार १ सय ११ रूपैंयासहित फुल, माला र सम्मान पत्रले भट्टराईलाई सम्मान गरेका थिए । 

पुरस्कार वितरण समाराेहलाई सम्बाेधन गर्दै मेयर सरावगीले वीरगंजकाे व्यावसायिक पत्रकारिता विकासमा साथ र सहयोग सदैव रहेन बताए । उनले इतिहासलाई जीवित राख्न अग्रजहरुको योगदानको सम्मान गर्न आवश्यक रहेको समेत वताए ।

 मेयर सरावगीले वीरगंज महानगरपालिकाले सञ्चार माध्यमहरुको विकास र सम्वद्र्धनका लागि पहिलो पटक सञ्चार ऐन ल्याएको बताउँदै यसले बीरगंजकाे पत्रकारिताको विकास र वीरगंजकाे विकासका लागि सकारात्मक भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरे ।

उनले आगामी स्थानीय तहको निर्वाचनमा पुनः आफुले मेयरमै चुनाव लड्ने वताए । मेयर सरावगीले यस अघि पनि एक कार्यक्रममा वाेल्दै पार्टीले टिकट दिए आफु पुन: मेयर मै चुनाव लड्ने वताएका थिए । 

प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, केन्द्रिय सदस्य केसी लामिछाने लगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:9.992 sec. Memory consumption:82.49 mb