30 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

राजधानी माग्दै पांचाै दिन वीरगंजमा मशाल जुलुश प्रदर्शन

वीरगंज । मधेश प्रदेशको स्थायी राजधानी जनकपुरधाम ताेकिएपछि पर्सामा सुरु भएकाे आन्दाेन पांचाै दिन पनि जारी रह्याे । सयुँक्त युवा विद्यार्थी संगठनले पांचाै दिन शुक्रबार वीरगंजमा मशाल जुलुश प्रदर्शन गरेका थिए ।
 
वीरगञ्जकाे ठाकुर राम बहुमुखी क्याम्पसबाट निस्केकाे मशाल जुलुश आदर्शनगर चौकमा पुगेर सम्पन्न भएकाे थियाे । मशाल जुलुशमा सहभागिहरुले जनकपुर राजधनि मान्दैनाैं, वीरगंज राजधानी कायम गर, मुख्यमन्त्री मुर्दावाद, गद्दार विद्यायक मुर्दावाद लगायतका नारा लगाएका थिए ।
 
 प्रदर्शनकारीहरुले आफुहरुलाई जनकपुर राजधानी मान्य नरहेकाे वताउँदै वीरगंज राजधानी कायम गर्नु पर्ने माग गरेका थिए । मशाल जुलुशलाई विथाेल्न प्रहरीले प्रयास समेत गरेकाे थियाे । 
 
संगठनका अध्यक्ष मोहमद नेजामको अध्यक्षतामा निस्केकाे मशाल जुलुशमा नेवि संघका सुधीर पटेल, युवा संघ नेपालका सचिव अरुण यादव, केन्द्रिय सदस्य अनिल पटेल, पर्सा अध्यक्ष भुपेन्द्र साह, श्रीलाल कुशवाहा, लोसपाका सुजीत गिरी, महादेव कुर्मी, राजू गुप्ता, अनेरास्ववियु क्रान्तिकारी पर्साका अध्यक्ष कबीर पटेल, एहसान अंसारी, मेराज अंसारी, नेवि संघका विशाल पटेल, बिकेश पटेल लगायतको सहभागिता रहेकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:209. Generation time:10.925 sec. Memory consumption:82.27 mb