37 C
Birgunj
21 May 2025
KALIKATIMES.COM

झाैवामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिकाकाे वडा नं. ४ झाैवागुठीमा शुक्रबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । बिन्दवासिनी गाउँपालिकाकाे सहयाेग र प्रभु हस्पिटलकाे समन्वय तथा पर्सा डेभलपमेन्ट प्रा.लि. पर्साकाे आयाेजनामा शिविर सम्पन्न भएकाे हाे ।

श्री रा.रा.चौरसिया मा.वि. झौवामा भएकाे शिविरमा ४२७ जनाले स्वास्थ्य परिक्षण गराएकाे आयाेजक संस्थाका हृदेश यादवले जानकारी दिए । शिविरमा सहभागि बिरामीहरुलाई निशुल्क औषधीसमेत वितरण गरिएकाे उनले जानकारी गराए । 

शिविरमा सहभागिहरुकाे प्रभु हस्पिटल वीरगंजका महिला तथा निशन्तान एवम् स्त्री राेग विशेषज्ञ डा. लक्ष्मी थापा गुप्ता, लेप्राेस्काेपी र पथली राेग विशेषज्ञ एवम् बरिष्ठ सर्जन डा. मनाेज कुमार गुप्ता, बालराेग विशेषज्ञ डा. नविन झा र फिजिसियन डा. असरफले स्वास्थ्य परिक्षण गरेका थिए । 

शिविरमा गाउँ कार्यपालिका सदस्य रामचन्द्र प्रसाद चाैरसिया, गाउँपालिका स्वास्थ्य संयाेजक नरेश चाैहान, प्रभु हस्पिटलका कुन्दन गुप्ता, आयाेजक संस्थाका प्रकाश गुप्ता लगायतकाे सहभागिता रहेकाे थियाे । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा गर्भपतन सम्बन्धी तालिम संचालन

कालिका टाईम्स

मुक्त हरवाचरवाको सवाल सम्बोधनका लागि बजेट पैरवी अभियान सुरु

कालिका टाईम्स

वीरगंजमा निःशुल्क आँखा, कान तथा नाकको स्वास्थ्य परीक्षण शिविर सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:7.123 sec. Memory consumption:82.47 mb