वीरगंज । पर्साकाे जगरनाथपुर गाँउपालिकामा हिन्दू परिषद नेपालकाे गाउँ कमिटी गठन भएकाे छ । गाँउपालिकाको मसिहानी मुख्य चौकमा भएकाे एक भेलाले मनोज पटेलकाे अध्यक्षतामा ३७ सदस्यीय कमिटी गठन गरेकाे हाे ।
नवगठित कमिटीकाे उपाध्यक्ष शिवदयाल मुखिया, सचिव भूपेन्द्र चौहान, कोषाध्यक्ष दीपेन्द्र चौधरी, कार्य समिति सदस्यहरुमा रूपेश यादव, बिन्दा साह तेली, बिरेन्द्र यादव, बिनोद पटेल, अनिल पंडित, रामजी पटेल, चन्द्रिका सहनी, उमेश गिरी, दीपेन्द्र पटेल, रविन्द्र पटेल, जोखू मुखिया, फनु पटेल, बिन्दा पटेल, कनैया मुखिया, चौकट मुखिया, मड़ई मुखिया, शिव पटेल, भनु मुखिया, शिवम हजाम, बिगा सहनी, लखराज साह तेली, नागेन्द्र पटेल, सोनालाल लोहार, मुना पटेल, भिखारी मुखिया, बुनिलाल साह गोड़, भोला लोहार, मनोज राउत रहेका छन ।
भेलाले परिषदकाे सल्लहकारमा प्रतिम मुखिया बिन र रामपूजन पटेललाई चयन गरेकाे छ ।
भेलालाई सम्बोधन गर्दै हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेलले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न दबाब दिनका लागि धार्मिक आन्दोलन जरुरी रहको बताए । नेपाललाई जबर्जस्ती धर्म निरपेक्ष बनाइएकाेमा चिन्ता व्यक्त गर्दै धार्मिक आन्दोलन गर्नुपर्ने बताए ।
उनले हिन्दू राष्ट्रका लागि पर्साबाटै नै निर्णायक धार्मिक आन्दोलन सुरु गर्नु पर्ने बताए । “जय श्रीराम हर हर महादेव जय माता दीबाट अब हाम्रो आन्दोलन अगाडि बढ्नुपर्छ” उनले भने, “यो आन्दोलन सुरु गरेर मेची–महाकाली हल्लाउनुपर्छ ।”
भेलामा हिन्दू परिषद नेपालका केन्द्रीय सदस्यहरु लालबाबु प्रसाद कुर्मी, सुरेश साह कानू, अधिवक्ता बिनोद प्रसाद कुर्मी, सचिवालय सदस्य लालबाबु बनिया, पोखरिया नगर अध्यक्ष अखलेश प्रसाद कुर्मी, जिल्ला सदस्य अमोद कुमार केवट लगायतकाले शुभकामना ब्यक्त गरेका थिए ।