32.9 C
Birgunj
10 May 2025
KALIKATIMES.COM

राष्ट्रिय शिक्षक मंच पर्साकाे संयाेजकमा प्रदिप साह

वीरगंज । राष्ट्रिय शिक्षक मंच पर्साकाे जिल्ला संयाेजकमा श्री ने.रा. आधारभुत विद्यालय प्रसाैनी विर्तामा कार्यरत शिक्षक प्रदिप साह मनाेनयन भएका छन् ।

राष्ट्रिय शिक्षक मंचकाे केन्द्रिय पदाधिकारीहरुकाे २०७८ पुस ९ गतेकाे निर्णय अनुसार मंचकाे पर्साका संयाेजकमा साहलाई मनाेनयन गरिएकाे केन्द्रिय संयाेजक कुमाेद कुमार सिंहले जानकारी दिए ।

यसका साथै संयाेजक साहलाई मंचकाे विधान बमाेजिम जिल्ला कार्य समिति पुनर गठन गरी संगठन विस्तारका कामकाज गर्न समेत जिम्मेवारी दिइएकाे उनले जानकारी गराए । 

नेपाल शिक्षक महासंघ सँग आबद्ध शिक्षक मञ्च, लोकतान्त्रिक शिक्षक युनियन र नेपाल लोकतान्त्रिक शिक्षक फेडेरेसन एकिकृत भई बनेको राष्ट्रिय शिक्षक मञ्चको पर्सा जिल्ला तदर्थ समितिकाे संयोजक उमेश ठाकुरकाे ठाउँमा साहलाई मनाेनय गरिएकाे केन्द्रिय संयाेजक सिंहले एक प्रेस विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:6.555 sec. Memory consumption:82.49 mb