वीरगंज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) पर्साकाे तेस्राे जिल्ला अधिवेशन बुधबार सम्पन्न भएकाे छ । हाेटल सिटीईनमा भएकाे अधिवेशनले अजित भूजेलकाे अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति सर्वसहमत चयन गरेकाे छ ।
जुन समितिकाे उपाध्यक्ष मूनेश लायाे मगर, सचिव राम मण्डल, सह सचिव एञ्जल चाैधरी, काेषाध्यक्ष संताेष रञ्जितकार, सदस्य उत्तम खड्गी, मेघराज राय, दिपेन्द्र चाैधरी, शेखर चाैधरी, सञ्जय दास थारू, रामकिशाेर चाैधरी सर्वसहमत चयन भएका छन् ।
यस्तै, सम्पन्न अधिवेशनले प्रदेश प्रतिनिधि पुनम चाैधरी, शम्भु महताे थारू, केन्द्रीय प्रतिनिधि ओमप्रकाश चाैधरी
र कुसुमलाल श्रेष्ठलाई चयन गरेकाे फाेनिज प्रदेश २ का इन्चार्ज निरज पिठानकाेठे मगरले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस